gulminews logo
शुक्रबार, २०८० चैत्र १६

कुलचन्द्र गौतमको पुस्तक बेचेर गुल्मीको आशा अपाङ्ग केन्द्रलाई ५ लाख रुपैँया सहयोग

टोपलाल अर्याल
गुल्मी, १७ मंसिर । कुलचन्द्र गौतम । सधै असल कर्मको सोचले ओतप्रोत छन । नाम कमाएपछी गाम बिर्सनेहरु कैयौं छन । तर, गौतमको सामाजिक भावना उच्च सम्मान गर्न लायक छ । पछिल्लो उदाहरणको रुपमा आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । त्यो पनि पुस्तक बेचेर । उनले केहि समय पहिले नेपाली पात्रको निजी अनुभवलाई समेटिएको पुस्तक ‘कुलचन्द्र गौतम: आत्मकथा’ सार्वजनिक गरेका थिए । गौतमले सोही पुस्तक बिक्रीबाट संकलन हुने रकम अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

३१ औ अपाङ्ग दिवसको अवसरमा शनिबार पुस्तकबाट संकलन भएको नगद पाँच लाख गौतमका भाइ रामचन्द्र गौतमले रेसुङा नगरपालिकाका मेयर खिलध्वज पन्थी मार्फत आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे र ब्याबस्थापक गगा रायमाझीलाई प्रदान गरेका हुन ।

आफुले आशा अपाङ्ग केन्द्रको अबलोकनको क्रममा सस्थाको कर्म देखेर निकै प्रभावित बनेपछि ग्रामीण क्षेत्रमा संचालित बालमैत्री कार्यक्रमलाई सघाउन आफुले पुस्तक बिक्री गरेको रकम सहयोग गरेको सहयोगी कुलचन्द्र गौतमले बताए । आशा अपाङ्ग केन्द्रले अपाङ्गता भएका ब्यक्तीहरुको शारीरिक तथा आर्थिक सबलिकरणको लागि सहयोग गर्दै आएको सस्थाका अध्यक्ष जनार्दन घिमिरेले जानकारी दिए ।

पुस्तकमा गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा समेटिएको छ। उक्त पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो।
यो पुस्तकमा एसएलसी लगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमले अध्ययनका लागि तत्कालीन सरकारले पासपोर्ट दिन नमानेपछि मन्त्रालयदेखि राजा महेन्द्रसम्म गरेको सङघर्षका बिषय समेटिएको छ ।

गौतमले देशभित्रैबाट थालेको संघर्षले अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिवदेखी युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुराएको छ । चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतम : आत्मकथा’ पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको थियो । साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहेको छ। गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा जन्मिएका कुलचन्द्रले हिमा गौतम स्मृति कोष मार्फत शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य कामहरू गर्दै आएका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D