gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

कुन कुन मतदान केन्द्रबाट मतदान गरे गुल्मीका उम्मेदवारहरुले ? हेर्नुस्

गुल्मी, मंसिर ०४ । गुल्मी जिल्ला सहित देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मुख्य दलका शीर्ष नेता, अरु नेता र उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

एमाले सचिव गोकर्ण विष्टले गुल्मीमा मतदान गरेका छन् । इस्मा गाउँपालिका- ४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयबाट उनले मतदान गरेका हुन् ।

गोकर्ण बिष्टकै क्षेत्र बाट नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् भने विष्ट यस क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारद्वय चन्द्र भण्डारी र प्रदिप ज्ञवालीले पनि आ-आफ्नो मतदानकेन्द्रमा पुगेर मतदान गरेका छन् । गठबन्दनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारीले आफ्नो जन्मस्थान छत्रकोट गाउँपालिका हुँगा स्थित जनजागृती माबी मतदान केन्द्रवाट मतदान गरे । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकाका उम्मेदवार प्रदिप ज्ञवालीले पनि आफ्नो गृहजिल्ला गुल्मीबाट मतदान गरेका छन् । उनले आज रुरुक्षेत्र-४ चौतारा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

अघिल्ला निर्वाचनमा पनि गुल्मी–१ मा भण्डारी र ज्ञवाली नै प्रतिस्पर्धा हुने गरेको थियो । २०७४ को चुनावमा पनि ज्ञवाली र भण्डारी नै प्रतिस्पर्धामा थिए । त्यसबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । एमालेका ज्ञवालीले चुनाव जितेका थिए ।

यस पटक भण्डारीलाई सत्तारूढ गठबन्धनको साथ छ । सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा छन् । त्यसबाहेक लोसपाले पनि गठबन्धनलाई साथ दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D