gulminews logo
बिहीबार, २०८१ बैशाख १३

किन गुल्मी आउँदैछन् शेर बहादुर देउवा, रामचन्द्र पौडेल, विश्व प्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा लगायत कांग्रेसका शिर्ष नेताहरु ?

रमेश विश्वकर्मा
गुल्मी, चैत्र ३ । चैतको तेस्रो साता नेपाली कांग्रेसका शिर्ष नेताहरु गुल्मी आँदै छ्न् । कांग्रेस केन्द्रिय सभापती तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रि शंशाक कोइरला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, केन्द्रीय सदस्य गगन थापा, गुरु घिमिरे लगायतका पार्टिका प्रभावशाली नेताहरु गुल्मी आउन लागेका हुन् ।

नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न यि नेताहरु गुल्मी आउन लागेका हुन् । गुल्मी काँग्रेसले यहि चैत्र १६ र १७ गते भव्यताका साथ जिल्ला सम्मेलन गर्न लागेको हो । यसअघि गर्ने भनिएको सम्मेलन पार्टीको महासमिति बैठकका कारण केन्द्रिय नेताहरुको अनुपस्थित हुने देखिएपछि स्थगीत भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । प्रथम जिल्ला सम्मेलनलाई निकै महत्व र चसोको रुपमा हेरिएको, सम्मेलनबाट सिङ्गो कंग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन राष्ट्रिय रुपमै सन्देश प्रवाह हुने जिल्लाका नेता कार्यकर्ताहरुको अपेक्षा छ ।

congress-nepali-congress

पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरुले हुन नसकेको बताउँदै अहिले गुल्मी काँग्रेसले ऐतिहासिक रुपमा जिल्ला सम्मेलन गर्न लागेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले पार्टी सङ्गठनलाई जिल्ला देखि गाउँ र स्थानीय तहसम्म पार्टी सङ्गठनलाई बलियो र शसक्तढङ्गले अगाडी बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने उदेश्य रहेको भन्दै पार्टीलाई आगामी दिनहरुमा कसरी अगाडी बढाउन कस्तो खालको रणनीति बनाउँने जस्ताकुराहरु जिल्ला सम्मेलनबाट तयार गर्ने सभापति श्रेष्ठले बताउनुभयो ।

गत फागुन २२ गते बसेको जिल्ला कार्य समितिको २७ औं बैठकको निर्णय अनुसार यहि चैत्र १६ र १७ गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीको लागि जिल्लाका १२ वटै स्थानमा पालिका स्तरीय भेला राखिएको नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

ऐतिहासिक जिल्ला सम्मेलनलाई कांग्रेस केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रि शंशाक कोइरला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, केन्द्रीय सदस्य गगन थापा, गुरु घिमिरे लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुहुने भएको पार्टी सुचना तथा सञ्चार विभाग प्रमुख विष्णु कुमारी सापकोटाले जानकारी दिनुभयो ।

१२ वटै स्थानीय तहमा पालिका स्तरीय भेला
नेपाली काँग्रेस गुल्मीले यतिबेला पालिका स्तरीय भेला सन्चालन गरिरहेको छ । जिल्लामा रहेका १२ वटै स्थानीय तहमा पालिका स्तरीय भेला सम्पन्न गर्ने कांग्रेस पार्टी कार्यालय गुल्मीले जानकारी दिएको छ । ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको तयारीको लागि जिल्लाका गाउँपालिका तथा नगरपालिकामा भेलाको अयोजना गरिएको पार्टी उपसभापति विष्णु प्रसाद बलालले जानकारी दिनुभयो ।

सम्मेलनलाई सम्पन्न गर्नको लागि नेपाली काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्लास्तरीय नेताहरुलाई प्रतिनिधीको रुपमा खटाएको थियो । चैत्र १ गते जिल्लाको रुरु गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको हो । रुरु गाउँपालिकामा प्रतिनिधिको रुपमा सचिव खिलध्वज पन्थी त्यहाँ पुग्नुभएको थियो । चैत्र २ गते बिभिन्न गाउँपालिका तथा नगरपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको हो ।

जसमा धुर्कोट गाउँपालिकामा प्रतिनिधिको रुपमा सभापति भुवनप्रसाद श्रेष्ठ स्वयम आफैं पुग्नुभएको हो । त्यस्तै छत्रकोट गाउँपालिकामा उपसभापति विष्णुप्रसाद बलाल, रेसुङ्गा नगरपालिकामा सचिव खिलध्वज पन्थी, मदाने गाउँपालिकामा सचिव विष्णु कुमारी सापकोटा, चन्द्रकोट गाउँपालिकामा श्रीप्रसाद भलामी प्रतिनिधिको रुपमा पुगेका थिए । ईस्मा गाउँपालिकामा जिल्ला सदस्य नारायण रिजाल, गुल्मी दरबार गाउँपालिकामा जिल्ला सदस्य झविन्द्र विश्वकर्मा प्रतिनिधिको रुपमा जानुभएको थियो ।

जिल्लाको मुसिकोट नगरपालिकामा पार्टीले प्रतिनिधिको रुपमा महासमिति सदस्य तथा जिल्ला सदस्य छन्दबहादुर पहराई, कालिगण्डकी गाउँपालिकामा जिल्ला सदस्य अनन्तराम पौडेल, सत्यवति गाउँपालिकामा सहसचिव गोपालप्रसाद पाण्डेय, मालिका गाउँपालिकामा जिल्ला सदस्य चन्द्रबहादुर महतलाई खटाएको छ । मुसिकोट नगरपालिकामा चैत्र ९ गते, कालिगण्डकी गाउँपालिकामा ४ गते, सत्यवति गाउँपालिकामा ९ गते र मालिका गाउँपालिकामा ९ गते भेला हुने बताइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D