कालीगण्डकीमा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रमका लागि आवेदन संकलन सुरु

लेखान्त पुन
गुल्मी, जेठ २७ । कालीगण्डकी गाउँपालिका गुल्मीमा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रमका लागि आवेदन संकलन सुरु गरिएको छ ।

गाउँपालिका भरी जेठ २० गते देखि आवास निर्माणका लागि आवेदन संकलन कार्य सुरु गरिएको हो । वडा नम्बर ७ भुर्तुङ्गमा आइतवार सम्म ८० जनाले आवास निर्माणका लागि आवेदन दिएका छन् । भुर्तुङ्गमा जेठ ३० गते सम्म आवेदन संकलन गरिने भुर्तुङ्ग वडा कार्यालयका कार्यालय सहायक रामुु गिरीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत खरको छाना भएका घर धनीहरुलाई जस्ता पाता लगाउन आर्थिक सहयोग गरिने छ । भुर्तुङ्गमा आवास निर्माणको लागि करीव एक सय पचास आवेदन आउन सक्ने गिरीले जानकारी दिनुभयो ।

कार्यक्रमको चालु आर्थिक वर्षको कार्यक्रम भने पालिकाको वडा नम्बर ४ पूर्तिघातमा सञ्चालन हुने कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर ७ भुर्तुङ्गका वडा अध्यक्ष लोक प्रताप शाहले जानकारी दिनुभयो ।

सुरक्षित नागरिक आवास निर्माण कार्यक्रमको लागि चालु आर्थिक वर्षमा कालीगण्डकी गाउँपालिकामा २० लाख बजेट रहेको छ । सो रकमबाट प्रति घर रु. ५० हजारका दरले वडाका ४० घरलाई खरको छाना हटाई जस्तापाता लगाउन प्रदान गरिने । गाउँपालिकाको वडा नम्बर ४ पूर्तिघाटबाट चालु आर्थिक वर्षमा नै खरको छाना विस्थापित हुने र अन्य वडाहरुमा खरका छाना भएका घरहरुको विवरण संकलन गरि आउँदो आर्थिक वर्षका लागि बजेट माग गर्ने तयारी भएको पनि शाहले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ