gulminews logo
बुधबार, २०८१ बैशाख १२

कालीगण्डकीको लेगाढबामा राजमोको संगठन विस्तार

शंकर प्रसाद पोख्रेल
गुल्मी, मंसिर १ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–६ खड्गकोट ‘लेगाढवामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार भएको छ । मंगलबार भएको एक प्रशिक्षण भेलापछि टोल समिति निर्माण गरिएको हो ।

भेलालाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो । त्यस क्रममा उहाँले देशको समसामयिक राजनीति र राष्ट्रिय जनमोर्चाले खेलेको भूमिकाबारे स्पष्ट पार्नुभएको थियो ।

भेलाले पूर्णबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा झक बहादुर थाप, सचिव तेज बहादुर थापा, सहसचीव नरसिंह राना र कोषाध्यक्षमा माया थापा चयन हुनुभएको छ ।

सदस्यहरुमा देउरुपा राना, बिसन थापा, हिरा थापा, विशे राना, झक बहादुर थापा, टीका थापा रहनुभएको छ । १३ सदस्यीय समितिमा २ स्थान रिक्त राखिएको छ ।

कार्यक्रममा संगठन निर्माणको पहलकर्ता कुमार थापा (भिम) र हिमा थापाले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यसक्रममा उहाँहरुले देश र जनताको पक्षमा संघर्ष गर्ने एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा भएको उल्लेख गर्दै आम दाजभाइ दिदीबहिनीहरुलाई राजमोको झण्डामुनी गोलबद्ध हुन आह्वान गर्नुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D