gulminews logo
आईतवार, २०८१ बैशाख १६

कानुन निर्माण गर्दा वडा तहमा समेत छलफल गर्ने गाउँपालिकाको प्रतिबद्धता

अनिल खत्री
२६ मंसिर,गुल्मी । गुल्मीदरबार गाउँपालिकाले कानुन निर्माण गर्दा वडातहमा समेत सरोकारवालासंग छलफल गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा र नागरिक समाजका प्रतिनिधिहरुले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो प्रतिबद्धता गरेका हुन् ।

विज्ञप्तिमा नागरिक समाज र गाउँपालिकाले एकआपसमा सहकार्य, समन्वय र सहअस्तित्व मार्फत गाउँपालिकाको समग्र विकासमा लाग्ने, योजना निर्माण, कार्यान्वयन र अनुगमन÷मुल्याङ्गकन प्रकृयालाई सशक्त बनाउन सहकार्य गर्ने कुरासमेत उल्लेख गरिएको छ । गाउँपालिका तथा नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रवद्र्धन, जवाफदेहिता वृद्धि तथा सेवाग्राहीको हितको सुनिश्चितताको लागि सुशासन कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकास्तरमा गठन गरिएको साझेदारी मञ्चको बैठक पश्चात जारीे उक्त विज्ञप्तिमा आम नागरिकका साझा विषयहरुलाई छलफल गरी विकास प्रक्रियामा राज्य, नागरिक समाज र नीजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्दै जाने प्रतिबद्धता जनाइएको छ । विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्ष थापाले संसदीय अभ्यासमा कानुन बनाउने अधिकार जनप्रतिनिधिलाई मात्रै भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन र नागरिकको स्वीकार्यताका लागि कानुन निर्माण प्रक्रियालाई पनि जनसहभागितामुलक बनाउन आवश्यक रहेको बताए ।

गाउँपालिकामा अध्यक्ष अशोककुमार थापाको संयोजकत्वमा स्थानीय संघसंस्था, आमा समुह, पत्रकार, व्यवसायी, जनप्रतिनिधी, कर्मचारी सहित ३४ सदस्यीय साझेदारी मञ्चको गठन गरिएको छ । मञ्चको सम्पन्न बैठकमा गाउँपालिकाले हालसम्म निर्माण गरेका कानुन, योजनाको कार्यान्वयन प्रक्रियामा भएको प्रगति र विनियोजित बजेटका सम्बन्धमा समीक्षा गरिएको थियो । बैठकमा एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा ए.सी, कार्यकारी निर्देशक कृष्ण विश्वकर्मा, पारस्परिक जवाफदेहिता परियोजनाका भोला भट्टराई, रत्ना तण्डुकार, हीरा कुँवरले सहजीकरण गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D