gulminews logo
शनिबार, २०८१ बैशाख ८

काठमाण्डौमा अलपत्र गुल्मीवासीको असुविधा प्रती गुल्मी काँग्रेसको ध्यानाकर्षण

मनु सुनार
गुल्मी, बैशाख १३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण विभिन्न स्थानमा रहनुभएका गुल्मीवासीहरुको असुविधाप्रति नेपाली कांग्रेस गुल्मीले गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ । बिशेष गरी जिल्लाबाट काठमाडौँ लगायतका स्थान अध्ययन लगायतको सिलसिलामा पुगेकाहरुले जिल्लामा आउन नसकिरहेको तथा त्यहाँ पनि समस्या भइरहेको जनाएपछि यसप्रति नेपाली कांग्रेस गुल्मीले ध्यानाकृष्ट गरेको हो ।

शनिबार एक ध्यानाकर्षण पत्र जारी गर्दै नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले कुनै पनि कारणले काठमाण्डौँमा रहन समस्या हुने गुल्मीवासीहरुका लागि गृह जिल्ला प्रवेशमा कुनै कठिनाई नरहेको उल्लेख गरेका छन् । तर यात्रुको सामान्य स्वास्थ्य चेकजाँच भई आवश्यक लागेमा स्थानीय क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन् । ध्यानाकर्षण पत्रमा जहाँसुकै रहेका गुल्मेलीहरुलाई सहयोग गर्न हुल्मी कांग्रेस तयार छ भनिएको छ ।

श्रेष्ठले काठमाण्डौँमा रहँदा खर्च अभावमा खाद्यान्नको समस्या परेका गुल्मीवासीको सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारी र नेपाली कांग्रेस गुल्मी काठमाण्डौँ सम्पर्क समितिसँग नेपाली कांग्रेस गुल्मीको संस्थागत सहकार्य भइरहेको समेत अवगत गराएका छन्। श्रेष्ठले यो बिषम परिस्थितिमा खाना खानबाट कुनै नागरिक बञ्चित हुन नपर्ने पटक–पटकको सरकारी प्रतिवद्धताले मुर्तरुप नपाउनु आफैमा खेदजनक रहेको समेत उल्लेख गरेका छन्।

सभापती श्रेष्ठले यस बिषम घडीमा नागरिक सेवामा समर्पित काठमाण्डौँ सम्पर्क समिति लगायत सबै सामाजिक संघसंस्था र व्यक्तिलाई धन्यवाद समेत व्यक्त गरेका छन् । यदी कोही गुल्मेली खर्च अभावमा काठमाडौंमा अलपत्र परेको भए गुल्मी काठमाडौं संपर्क समितीका अध्यक्ष ज्ञान बहादुर कार्कीलाई ९८४१३२४८६८ मा संपर्क गर्न भनिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D