कांग्रेस रूरूक्षेत्र रुपन्देही सम्पर्क समितिको अधिवेशन सम्पन्न, दिवाकरको नेतृत्वमा नयाँ समिती

बुटवल, भदौ १९ । नेपाली कांग्रेस रुरुक्षेत्र रुपन्देही सम्पर्क समितिको प्रथम अधिवेशनले दिवाकर ज्ञवालीको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । शनिबार बुटवलमा भएको अधिवेशनले २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उप–सभापतिमा वरुण पौडेल र मैना ज्ञवाली,सचिवमा दुर्गामणी ज्ञवाली, सह–सचिवमा विनोद ज्ञवाली शालिकराम ज्ञवाली तथा सदस्यहरुमा मदन ज्ञवाली, राजु थापा, कमल चन्द, अशोक घिमिरे, शुशिल वराल, किरण मल्ल, खेमराज ज्ञवाली, कृष्ण प्रसाद गौतम, चिरजीवी ज्ञवाली, श्रीराम पन्थ, भुवनेश्वर भण्डारी, छविलाल पौडेल, निरञ्जन राना, सफल थापा, विशाल गिरी, नारायण ज्ञवाली चयन भएका छन् ।

समितिको आजै बसेको पहिलो बैठकले कोषाध्यक्षमा मुकुन्द पौडेल र सदस्यमा नारायण गौतम तथा प्रेस सल्लाहकारमा कपिल ज्ञवालीलाई मनोनित गरेको छ भने मनोनित गरेको सचिव दुर्गामणि ज्ञवालीले बताए ।

तयारी समितिका संयोजक तिलक मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुरुक्षेत्र गांउपालिका सभापति देबेन्द्र मल्लले कांग्रेसलाइ गतिशिल बनाएर संठगन निर्माण गरि आगामी निर्बाचनमा कांग्रेसका उम्मेदवारलाइ अत्याधिक मतले बिजय बनाउन भूमिका खेल्न सबैलाइ आग्रह गरे ।

उनले नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो र गौरव बोकेको पार्टी भएको भन्दै कांग्रेसलाइ जनताको सुखदुखको साथी बनाउनुपर्ने बताए । सो अबसरमा नारायण ज्ञवाली, हरि ज्ञवाली, भीम ज्ञवाली, चतुभुर्ज ज्ञवाली, अच्युत ज्ञवाली, गोपाल ज्ञवाली, निर्बाचन समितिका संयोजक पिताम्बर गौतम सदस्य नारायण ज्ञवाली, मात्रिका ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको संचालन बरुण पौडेलले गरेका थिए ।

सो अबसरमा निर्बाचित समितिका अध्यक्ष ज्ञवालीलाइ निर्बाचन समितिका संयोजक पिताम्बर गौतमले र बांकी सबैलाइ अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको सपथ समेत खुवाएका थिए । कार्यक्रममा गुल्मीघर भइ हाल रुपन्देहीमा बसोबास तथा रोजगारीमा रहेका कांग्रेस समर्थित ब्याक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D