gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

कांग्रेस मुसिकोट नगर सभापतिले आफ्नै सचिवलाई कुटे, उपचारको लागि जिल्ला अस्पातल ल्याईयो

प्रेम सुनार
गुल्मी, जेठ ९ । स्थानियवासीका अनुसार नेपाली कांग्रेस गुल्मीका मुसिकोट नगर सभापती सुदर्शन शाक्यले आफ्नै कार्यकर्तालाई कुटपिट गरेका छन् । केहि समय अघि वामीटक्सार बजारममा एक दलित र उनकी श्रीमतीलाई निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै फेरी उनै शाक्य र उनका भाईहरु संसार र सन्तोष शाक्य मिलेर आफ्नै पार्टीका नगर सचिव ४६ वर्षिय खगेश्वर सापकोटालाई आज विहान कुटपिट गरेका छन् ।

रुद्रवेणी-वामीटक्सार सडक खण्ड विस्तार गर्ने क्रममा सडक विभागले सापकोटाको खेतको रुख ढलाएको थियो । उनको उक्त रुख शाक्यको खेतमा ढलेको थियो । उक्त रुख छिटो नहटाएको रिसईवी साँधेका सभापती शाक्यले सापकोटासंग वादविवाद गरेको र केहि वेर पछि आफ्ना दुई भाईहरुलाई बोलाई तिन जना मिलेर आफुलाई निर्घात कुटेको घाईते सापकोटाले बताए ।
gulmi wami taksar news
स्थानिय तहमा उपचार हुन नसकेपछी उनलाई अहिले केहि वेर अघि वामीटक्सार प्रहरीले जिल्ला अस्पताल गुल्मी ल्याई पुराएको छ । वामीटक्सार प्रहरी चौकीमा मिलाउन नसकि उनलाई जिल्ला प्रहरी कार्यालयमा समेत ल्याईएको प्रहरीले जनाएको छ ।

घाईते सापकोटाको दुवै आँखा, नाक र मुखमा निला डाम छन् भने शरिरका विभिन्न भागमा पनि असर देख्न सकिन्छ । जसलाई सभापती शाक्य भन्छन् मलाई कुट्ने क्रममा उ लडेर ढुङ्गामा ठोक्कीएर त्यस्तो भएको हो ।

उनले भने, ‘उसको रुख ढलेर मेरो खेतमा रहेको छ । मैले मकै छर्न पाएको छैन, रुख हटाउ छिटो भनेर राम्रो मुखले भन्दा उसले मलाई हातपातको प्रयास गर्‍यो त्यस पछि मात्र मैले भाईहरुलाई बोलाएको हुँ । ’

घुचडा घुचड भएको हो, त्यस क्रममा उ ढुृङ्गामा ठोकिएको हो शाक्यले थपे धेरै कुटिएको होईन, शाक्यले भने उ मेरै पार्टीको नगर सचिव हो , मैले हेर वावु म तेरो वावु सरहको मान्छे हुँ भन्दा एँ, तँ कसरी मेरो वाउ भईस ? भन्दै निहुँ खोजे पछि मैले भाईहरुलाई बोलाउनु परेको हो । ’

चार महिना अघि वामीटक्सार वसपार्कमा गाडी चढ्न ढिला आएको रिसमा उनै शाक्य बन्धुहरुले मुसिकोट ८ , वामी मैदानका वावुराम परियार र उनकी श्रीमतिलाई निर्घात कुटेर अहिले सापकोटालाई जतिकै घाईते बनाउँदा पनि सभापति सापकोटाले परियार जाँड खाएर जथाभावी वोलेको र सामन्य लछार पछार मात्रै भएको बताएका थिए ।

पछि भने आफुहरुले कुटपिट गरेको स्वीकार गर्दै अव त्यस्तो कार्य नगर्ने भन्दै कागज पत्र गरी उपचार खर्च ब्यहोरेका थिए । त्यसको चार महिना पनि नवित्दै अर्का ब्यक्ति त्यो पनि आफ्नै पार्टीको नगर सचिव कुटिनुले शाक्य बन्धुहरुबाट वामीवासी आतंकित हुँदै आएको स्थानिय समाज सेवीहरु बताउँ छन् ।

कुटिएका सापकोटा २०६३ साल देखि खिल्ध्वज पन्थी अध्यक्षमा निर्वाचित नहुने वेला सम्म नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत थिए । उनि पछिल्लो चरण काठमाण्डौंमा अस्थाई वसोवास गर्ने भएकोले गुल्मी कांग्रेसको ५० दिने महाअभियानमा भने खटिएका थिएनन् ।

घर बनाउका लागि केहि दिन अघि घर आएकोले पार्टीको महाअभियानमा सक्रिय हुन सकिन र पनि नेपाली कांग्रेस प्रति पुर्ण समर्पित कार्यकर्ता हुँ तर नेता बाटै यसरी कुटिनु प¥यो’–सापकोटाले भने । तस्वीर जिल्ला अस्पतालमा उपचार गराउन आएका घाईते सापकोटा

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D