gulminews logo
मंगलवार, २०८१ बैशाख ११

कांग्रेस महामन्त्री डा. कोइराला आज गुल्मीको वामीटक्सार आउँदै

कौरव खत्री
गुल्मी, १७ फाल्गुन । गुल्मीको महेन्द्र आर्दश माध्यमिक विद्यालयको हिरक महोत्सवको पाँचौ दिनलाई सम्वोधन गर्न नेपाली कांग्रेस महामन्त्री डा. शंशाक कोइराला आज शुक्रवार महोत्सवमा आउने भएका छन् ।

मुसिकोट नगरपालिका ७ वामीटक्सारमा रहेको विद्यालयले सञ्चालन गरेको हिरक महोत्सव श्रीमदभागवद् धन धान्याचल सप्ताह ज्ञानमहायज्ञको पाँचौ दिन आज फाल्गुन १७ गतेको प्रमुख अतिथिको रुपमा महामन्त्री तथा विपि पुत्र डा. शंशाक कोइराला दिउँसो ठिक १ बजे विद्यालयमा आउने कार्यक्रम रहेको हिरक महोत्सव मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।

फागुन १३ गते देखि शुरु गरिएको महोत्सवको उद्घाटन भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरेका थिए ।

“सीपयुक्क्त जनशक्ति निर्माणको इच्छा नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा” भन्ने मुल नारा सहित विद्यालयमा हिरक महोत्सव श्रीमदभागवद् धन धान्याचल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ २० गत ेसम्म चल्ने आयोजकले जनाएको छ ।

महायज्ञबाटै ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य सहित सञ्चालन गरिएको महायज्ञबाट विद्यालयले संकलित सहयोगले विद्यालयमा इन्जिनियरिङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D