सुर्य प्रसाद खनाल
गुल्मी । केहि दिन अगाडी सांसद गोकर्ण विष्टले विजय भएको २० दिनमा आफ्नो चुनावी प्रतिवद्धता पुरा गरेको भन्ने बिभिन्न संचार माध्यमहरुमा आएको समाचार झुटो रहेको र ज्ञवालीले झुटो प्रचार गरेको नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन जानकारी दिएको छ ।
नेपाली कांग्रेसवाट निर्वाचीत पुर्व सांसद चन्द्र भण्डारीको २०७१ जेठ १ गतेको माग पत्रलाइ २०७१ जेठ ११ मा तत्कालीन सिंचाई मन्त्री एन.पि.साउदको तोक आदेशबाट राष्ट्रिय योजना आयोग मार्फत ठुलो चेक्मी लिफ्ट सिंचाई योजनाको नाममा आ.व ७१/७२ मा रातो किताव मार्फत क्रमगत योजना सार्वजानीक गरिएको कांग्रेस गुल्मीले पत्रकार सम्मेलनमा जानकारी दियो । त्यसको सम्पूर्ण डि.पि.आर तयार भएको र ९५ लाख ६७ हजार ३ सय रुपैया बराबरको केहि दिन भित्रै टेण्डर पक्रियाबाट काम सुरु हुने योजनालाई राजनैतिक रंग दिएर बिष्टले श्रोत नखुलेको सोलार पाता र ९० मिटर पाइप वितरण गरि आफुले नै योजनाको परिक्षण गर्दै विकासका योजनामा भ्रम श्रृजना गरेको समेत नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले यो झुटको एक उदाहरण मात्र भएको बताए । बिष्टकै गाउँ दोहोली लगाएत आफु निर्वाचीत भएका दोहोलीकै खानेपानीको समस्यालाई उनले उदाहरणका रुपमा समेत प्रस्तुत गरे ।
नेता पन्थीले भने, “नेपाल सरकारबाट नियमित काम हुदै आएका क्रमागत योजनालाई ढाकेर श्रोत नखुलाएका दुई चार थान सोलार पाता र पाइपले ति क्रमागत योजना ढाक्न खोज्नु जनताको हित विपरित र भ्रम छर्ने माननियको नियत हो ।” नेपाली कांग्रेस गुल्मीमका उपसभापती विष्णु वलालले उक्त योजना भण्डारीकै पहलमा नेपाली कांग्रेसको नेतृवमा भएको जिकिर गरे । यति ठुलो योजना कांग्रेसको पूर्ण संलग्नतामा सुरु हुन लागेको र त्यसको राजनैतिक लाभ कांग्रेसले उठाउन सक्ने आशंका गर्दै यस्तो निन्दनीय कार्य माननीय गोकर्ण विष्टले गरेको उपसभापती विष्णु बलालले पनि आरोप लगाए ।