कांग्रेस ईस्मा गापाद्वारा सबै वडाका याेजना र बजेटकाे जानकारी गराउन माग, बुझायो मागपत्र

सन्तोष महतारा
गुल्मी, जेठ १९ । नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका गुल्मीले गाउँपालिकाका सबै वडामा माग पत्र बुझाएको छ । गाउँपालिकामा विभिन्न याेजनाहरु काे बारेमा जानकारी गराउन भन्दै र गाउँपालिकामा सम्पुर्ण कामहरु आफुलाई जानकारी गराउनको लागि माग पत्र बुझाएकाे नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका प्रमुख चन्द्र वहादुर महतले जानकारी दिनुभएकाे छ ।

गाउँपालिकामा कुनै पनि याेजनाकाे सार्वजनिक सुनुवाइ नभएकाे, बजेटकाे सहि ब्यवस्थापन गर्न नसकेकाे, प्रतिपक्षलाई कुनै जानकारी नगराएकाे, कुनै तालिमका कार्यक्रममा आफ्ना निकट ब्याक्ति राख्ने गरेको जस्ता आरोप सहित नेपाली काङ्ग्रेस जागरण कार्यदलले गम्भीर ध्यानाकर्षण गराएकाे हाे ।

नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाले आईतबार गाउँपालिकाका सबै वडामा पुगेर मागपत्र पेश गरेकाे जागरण कार्यदल संयाेजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभएकाे छ ।

जागरण कार्यदलले सबै वडामा जनता आवास कार्यक्रममा जस्ता पाता प्राप्त ब्याक्तिकाे बिबरण, साना याेजनाका सम्पूर्ण विवरणहरु, बजेटबाट वडामा भएका सम्पूर्ण याेजनाहरु, रकमान्तर याेजनाकाे विवरण, संचालित याेजनाहरु, केन्द्रीय र प्रदेश तहका सम्पूर्ण याेजनाहरु, सांसद विकास काेषबाट संचालित याेजनाहरु याे अार्थीक बर्ष र गत अार्थीक बर्षमा भएका सम्पूर्ण गतिविधिहरु जानकारी गराइदिनुहुन भनी मागपत्र बुझाएकाे छ ।

इस्मा गाउँपालिकाले अहिलेसम्म आफ्नो केन्द्र ताेक्न नसकेकाे, प्रतिपक्षलाई कुनै कार्यक्रम-याेजना-तालिम र बैठकमा पनि कुनै जानकारी नदिइकन एकलौटी हिसाबले अगाडि बढेकाे, जनताकाे मर्म नबुझी याेजना अगाडि बढाएकाे गाउँपालिकाले दिने राेजगारमा प्रतिपक्षमाका कुनै ब्याक्ति सहभागी नगराएकाे जस्ता बिषयहरु आफ्नो गम्भीर ध्यानाकर्षण भएकाेले माग सहितकाे पत्र बुझाएर आफुले बुझ्न खाेजेकाे इस्मा गाउँपालिका काङ्ग्रेस प्रमुख चन्द्र महतले जानकारी गराउनुभएकाे छ ।

नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाले मागपत्र बुझाएपछिकाे प्रतिक्रिया कस्ताे दिन्छ,त्यसकाे आधारमा आफु अगाडि बढ्ने पनि कार्यक्रममा जानकारी गराइएकाे थियाे ।

सबै वडामा मागपत्र बुझाए पछि समिक्षा कार्यक्रममा काङ्ग्रेसले कुनै वडामा सबै जानकारी गराउन अलिक झन्झट मानेकाे र जनप्रतिनिधिहरुले अाफ्ना कर्तव्य भुलेकाे इस्मा काङ्ग्रेसले अाराेप लगाएकाे छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ