कांग्रेसको रेसुङ्गा नपामा समिक्षा

प्रेम सुनार
गुल्मी , साउन–११ । नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिका भित्र हालै सम्पन्न स्थानिय तहको निर्वाचनवारे वडास्तर सम्म पुगे समिक्षा गर्दै आएको छ । यहि क्रममा आज उसले साविककाृ सिमिधचौर गाविसमा पर्ने वडा नम्वर १० र ११ मा वडा स्तरिय समसामयिक विषयमा छलफल तया चुनावी समिक्षा गरेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको समिक्षामा अन्य सवै तहमा कांग्रेस रेसुङ्गा नगरपालिकामा वहुमत ल्याउन सफल वहु पनि मेयर र उपमेयर पदमा पराजय भोग्नुका पछाडी विपक्षीहरुको भ्रम र प्राविधिक त्रुटी समेत हुन भएको निष्कर्श निकालेको सो पार्टीका नगर सभापति छवि पाण्डेले बताए ।

कार्यक्रममा महधिवेशन प्रतिनिधी तथा नवनिर्वाचित जनप्रतिनिधी शालिक पन्थी , नगरसभापति छवि पाण्डे , नगर महिला संघ समापति गंगादेखि पाण्डे र तरुणदलका नगर सभापति कृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा नम्वर १० का सभापति विरबहादुर थापा र वडा नम्वर ११ का सभापति प्रेम रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ