gulminews logo
आईतवार, २०८१ बैशाख १६

कस्तो छ गुल्मीमा कोरोना सतर्कता ? के छन् स्थानिय सरकारका तैयारी ?

टोपलाल अर्याल
गुल्मी, ९ चैत । गुल्मीमा कोभिड–१९ अर्थात कोरोनाको संक्रमण रोकथामको बिषयमा जिल्ला विपद् व्यावस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माकोे अध्यक्षतामा बसेको बैठकले मुख्य २१ वटा निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीसहित सवै स्थानीय तहका प्रमुख÷उपप्रमुख, राजनैतिक दल, उद्योगी व्यावसायी, पत्रकार लगायतको बैठकमा उपस्थिती रहेको थियो । बैठकले सबै कार्यालयको प्रवेशद्वारमा साबुन पानीले हात धुने र सेनीटाइजरको व्यवस्था मिलाउने, सार्वजनिक स्थानमा स्थानीय सरकारी तथा विभिन्न संघसंस्थाको सहयोगमा हात धुने पानी र साबुनको व्यवस्था गर्ने, आफ्नो स्थानीय तहमा बाहिरबाट आएका व्यक्तिहरुको यात्राको विवरण राख्ने, सवै स्थानीय तह तथा सरकारी र निजी स्वास्थ्य संस्थामा आइसुलेसन वार्डको व्यवस्थापन गर्ने साथै जिल्ला सदरमुकाममा पनि त्यसको पहिचान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

त्यस्तै जिल्लामा तत्काल प्रयोग गर्ने गरी आवश्यक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्ने, कालो बजारी गरेर कृतिम अभाव सृजना हुन नदिने र स्थानीय तहहरुले कम्तीमा १० दिनमा एक पटक बजार अनुगमन गर्ने निर्णय बैठकले गरेको छ । साथै सवै स्थानीय तहमा आवश्यक विपद् व्यवस्थापन कोषको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने पिपिइ र अन्य सामग्रीका लागि प्रदेश सरकारमा अनुरोध गर्ने र विपद् सूचना संकलन तथा योजना निर्माणको लागि विपद् सचिवालयको व्यवस्था गर्ने निर्णय भएको सुचना अधिकारी पाण्डेयले बताए ।

स्थानीय सरकारका योजना

नेपालकै विभिन्न शहरबाट गाउँ फर्कने क्रम बढ्दै गएको छ । त्यसैले अब गाउँसम्म पुग्ने कोरोना जोखिम न्यूनिकरण गर्न स्थानीय तहहरुले बेलैमा बिचार पु¥याउनु पर्ने आवश्यकता रहेको छ । रेसुङ्गा नगरपालिका गुल्मीले बिपद् व्यावस्थापन कोषबाट अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा नं ७ को नेटामा हेल्थ डेक्स स्थापना गरेको छ । अवै सवै वडामा हेल्थ डेक्स संचालन गर्ने योजना नगरपालिकाको रहेको सूचना अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले पनि हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य सचेतनाका काम अगाडी बढाएको छ । धुर्कोट गाउँपालिकाले ५० लाखको बिपद् व्यावस्थापन कोष स्थापना गरेको छ । वडाहरुमा हेल्थ डेक्स संचालन गर्ने र कार्यालय तथा सार्वजनिक स्थानहरुमा खानेपानी र सावुनको व्यावस्था गरेर हात धुने व्यावस्था मिलाइएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।

त्यस्तै मालिका, सत्यवति र इस्मा गाउँपालिकाले हेल्प डेक्स संचालनसंगै स्थानीय टेलरहरुमा माक्स उत्पादनको काम गरिरहेका छन् । गुल्मी दरवार गाउँपालिकाले मोवाइल हेल्थ डेक्स स्थापना गरेको छ । भने मदाने, चन्द्रकोट, रुरु क्षेत्र, छत्रकोट र कालीगण्डकी गाउँपालिका हेल्थ डेक्स संचालन साथै विभिन्न संचार माध्यमहरुमा सुचना प्रसारण गरिरहेका छन् ।

स्थानीय संयन्त्र मार्फत टोल–टोलमा सचेतनाको काम भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D