gulminews logo
मंगलवार, २०८१ बैशाख ११

कलेज पढाउने गुल्मीका ज्ञवाली खाजाघरमा किशोरीलाई यौनधन्दामा लगाएको आरोपमा पक्राउ

काठमाडौँ, मङ्सिर २ । किशोरीलाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा गुल्मी स्थाई घर भई काठमाडौंमा प्राध्यापन गर्ने एक जना पक्राउ परेका छन् । १६ वर्षकी किशोरीलाई यौन धन्दामा लगाएको आरोपमा कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसका एक शिक्षक पक्राउ परेका हुन् ।

स्थायी घर गुल्मी जिल्ला साविक तिम्घा गाविस अहिले सत्यावती गाउँपालिका घर भई हाल ललितपुर इमाडोल बस्ने नेत्रलाल ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गत कात्तिक १७ गते पक्राउ गरेको हो । पक्राउ गरेको लामो समयसम्म ब्युरोले घटना सार्वजनिक गरेको थिएन ।

१६ वर्षकी ती किशोरीलाई नेवारी खाजा घरमा काम लगाइदिने प्रलोभन देखाएर यौनधन्दामा लगाएको आरोपमा क्याम्पसका शिक्षक ज्ञवालीलाई पक्राउ गरिएको हो ।

प्रतिवादीले ती किशोरीलाई २०७८ वैशाख महिनाको दोस्रो हप्तादेखि बन्धक बनाएर राखिएको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ।

किशोरीलाई धम्की दिई पसलसँगै रहेको कोठामा तथा अन्य गेष्ट हाउसमा राखेर दैनिक तीनदेखि पाँच जनासम्म पुरूषहरूसँग शारीरिक सम्बन्ध राख्न लगाउने गरेको पाइएको छ।

प्रहरीको चेकिङ आएमा खाना पकाउन तथा सरसफाइ कामका लागि बसेको भन्न लगाई यौनधन्दामा लगाइएको अवस्थामा ब्युरोको टोलीले ती किशोरीलाई उद्धार गरेको थियो।

प्रतिवादी ज्ञवालीमाथि जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ। अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको प्रहरीले बताएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D