gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कलिलो घाँस खुवाउदा ११ बाख्रा मरे, ३० बाख्रा बिरामी

हुमाकान्त पोखरेल
तम्घास, १८ जेठ (रासस) । गुल्मीमा कलिलो अवस्थाको घाँस खुवाउदा ११ वटा माउ बाख्रा मरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बयर जातका बाख्रा मरेका हुन् । संचालक महाशर्मा भण्डारीका अनुसार तीन दिनसम्म लगातार बर्षा हुँदा फर्मका बाख्रालाई नेपियर र सुडानको कलिलो अवस्थाको घाँस खुवाइएको थियो । त्यसको एकदिनपछि बाख्रा एक्कासी बिरामी परेको र सोमबार साँझ मरेको भण्डारीले बताउनुभयो ।

कलिलो घाँस खुवाएपछि सोही फर्मका अन्य ३० बाख्रा भने बिरामी परेका छन् । बिरामी बाख्रालाई आवश्यक औषधी गरिएको र अवस्था सुधारात्मक रहेको चन्द्रकोट गाउँपालिकाका पशु शाखा संयोजक नारायण खनालले जानकारी दिनुभयो । भण्डारीको फर्ममा मरेका बाख्राको मुल्य दुई लाख २० हजार भन्दा बढी हुने खनालले बताउनुभयो । खनालका अनुसार पालुवा घाँसमा रहेको नाइट्रेट र एसियन नामको बिषदी तत्वले गर्दा बाख्रा मरेका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D