कलिगण्डकीका महिलाहरुको क्षमता बिकासका लागि तालिम

तिलाचन पाण्डे
गुल्मी, असार ५ । कालीगण्डकी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिलाहरुको क्षमता बृद्धिका लागि नेतृत्व तथा संस्थागत क्षमता बिकास तालिम संचालन गरेको छ ।

कालीगण्डकी गाउँपालिका वडा नं चारका २० जना महिलाहरुका लागि क्षमता बृद्धि र नेतृत्व तथा संस्थागत क्षमता बिकासका लागि तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

तालिमको उदघाटन गर्दै कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले क्षमता बृद्धि गर्न र स्वंयम नेतृत्व बिकासका लागि तालिमले ठुलो भूमिका निर्वाह गर्ने भएकाले तालिमलाई ब्यबहारमै परिणत गर्न आग्रह गर्नुभयो ।

महिलाको बिकास र महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले आगामी बजेटमा ब्यबस्था गर्ने भन्दै तालिमलाई ब्यबहारमै लागु गर्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ