gulminews logo
शुक्रबार, २०८० चैत्र १६

कर्मचारी अभाब भनेर उम्कने अधिकार कसैलाई छैन : मन्त्री बराल

तिलाचन पाण्डे
भदौ १,२०७६ गुल्मी । प्रदेस ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले कर्मचारी छैनन भनेर उम्कने अधिकार कसैलाई नभएको बताएका छन् ।


जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको स्थानीय तह र जिल्ला स्थित कार्यलयहरुको आर्थिक बर्ष २०७५।०७६को बार्षिक समीक्षा गोष्ठीमा मन्त्री बरालले अघिल्लो आर्थिक बर्षमा कर्मचारी अभाब र कानुन निर्माण नभएको बाहान देखाएर कर्मचारी उम्कने गरेको पाईएको भन्दै यस आर्थिक बर्षमा त्यसरी उम्कने अधिकार कसैलाई नभएको बताएका छन् ।


अघिल्लो आर्थिक बर्षको कार्य सम्पादनमा कर्मचारीहरुले कर्मचारी अभाब , कार्यलय छैन भन्दै उम्कने गरेको र बिभिन्न बाहानहरु बनाउने गरेको भन्दै जे जति कर्मचारी छन् त्यी कर्मचारीहरु मार्फत दिन रात गरि आफ्नो जिम्बेबारी पुरा गर्नुपर्ने बताएका छन् । उनले कर्मचारी अभाब भएका कारण समस्या भएको महसुस सरकारलाई भएको भन्दै कामबाट पन्छिन नपाइने बताए । भौतिक पुर्वाधार संगै सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् । बाटो खन्ने मात्रै नभई शिक्षा र स्वास्थ्यमा पनि प्राथमिकता दिन उनले स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।

लोक सेवा आयोगले कर्मचारी अभाबलाई नै महसुस गर्दै बिज्ञापन खोलेको भन्दै कर्मचारीको अभाब बिस्तारै कम हुने दाबी गरे । कार्यलयमा दरबन्दी हुने तर कर्मचारी नहुने अबस्थाको बिस्तारै अन्त्य गर्ने गरी प्रदेश सरकार लागि परेको बताए ।


यता जिल्लाका स्थानीय तहहरुले कार्य गर्दै गर्दा जनताको अपेक्षाहरु धेरै भएता पनि दीर्घकालिन महत्वका योजनाहरुलाई प्रथामिकता दिन पनि आग्रह गरेका छन् । तत्कालिन गर्नुपर्ने कामहरुलाई ३० प्रतिशत र दीर्घकालिन योजनाहरुका निम्ति ७० प्रतिशत गरि प्राथमिकता दिन पनि आग्रह गरेका छन् ।


जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले समिक्षा कार्यक्रमले थप जबाफदेही बनाएको भन्दै जिल्ला समन्वय समितिले अनुगमनको कार्यलाई अझ तिब्रता दिदै जाने बताए ।
समीक्षा कार्यक्रममा प्रदेश सांसदहरु दिनेश पन्थी , खडग केशी , कमल श्रेष्ठ लगायत जिल्लाका १० गाउँपालिका २ नगरपालिका प्रमुख , उपप्रमुख , प्रशासकीय अधिकृत संगै जिल्ला स्थित कार्यलयका कार्यलय प्रमुखहरु , सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D