gulminews logo
आईतवार, २०८१ बैशाख १६

कर्तव्यको भारी बोकेर गुल्मीका मतदान केन्द्र हिंडे ५ हजार बढि कर्मचारी र सुरक्षाकर्मी (फोटो फिचर)

टोपलाल अर्याल
गुल्मी, १ मंसिर । रेसुंगा नगरपालिका ९ को उपल्लो तम्घास माविका पारश्वर मरासिना गुल्मी दरवार गाउँपालिका वडा नं ४ को रत्ना आधारभुत प्राविमा सहायक कर्मचारीको रुपमा खटिएका छन् । मरासिनी उत्साहित देखिन्थे । किनकी यो मरासिनीको पहिलो अनुभव हो । उनले राष्ट्रको नयाँ जिम्मेवारी र अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

इस्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर कुवंरसंग ०६४ साल देखिकै निर्वाचन सम्पन्न गरेको अनुभव छ । त्यो बेला १० बर्षे द्धन्दपछिको पहिलो निर्वाचन भएकाले धेरै जोखिमहरु थिए । तर, आयोगले तोकेको जिम्मेवारी पुरा गरेको कुवंरले अनुभव सुनाए । अहिले पनि मतदान अधिकृतको रुपमा धुर्कोट गाउँपालिका ७ को मतदान केन्द्रमा खटिएका छन् ।

बिहिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा कर्मचारी र सुरक्षाकर्मीको निकै ठुलो भिड थियो । त्यो भिडमा निर्वाचनको नयाँ पुराना अनुभव भएका कर्मचारी तथा सुरक्षाकर्मी थिए । धुर्कोट गाउँपालिका ६ को धुर माविमा खटिएका मतदान अधिकृत फत्त बहादुर बस्नेतले चार वटा मतपत्र र मतदान अधिकृतको जिम्मेवारी भएकाले मतदान कठिन रहेको बताए ।

रुरु क्षेत्र गाउँपालिका १ को रिडी माविका मतदान अधिकृत नारायण अर्यालले हरेक निर्वाचन चुनौतिपूर्ण हुने बताए । बिधि, कर्तव्य र विश्वासका आधारमा राष्ट्रिय अभियानलाई सम्पन्न गर्ने अठोट मनमा भएको बताए । सत्यवति गाउँपालिका ८ को भार्से जनसहयोग माविका मतदान अधिकृत शिव ज्ञवालीले निर्वाचनलाई स्वच्छ बनाउन कर्मचारीमा निश्पक्षता र स्थानीय स्तरमा सहयोग तथा समन्वय महत्वपूर्ण हुने बताए ।

कर्मचारी र सुरक्षाकर्मी ५ हजार बढि परिचालन

आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा ५ हजार बढि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । बिहिबार मतदान प्रक्रियामा आवश्यक पर्ने निर्वाचन सामग्री बोकेर कर्मचारीहरु र सुरक्षाकर्मी मतदान स्थल तर्फ हिडेका हुन् । क्षेत्र नं १ र २ का निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर मतदान अधिकृत सहितको टोली गाउँ हिडेको हो । मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलका अनुसार कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आजै मतदान केन्द्रहरुमा पुग्नेछन् ।

मतदान अधिकृत २ सय ७९, सहायक मतदान अधिकृत २ सय ७९, सहायक कर्मचारी १ हजार ३ सय ८९ र सहयोगी २ सय ७९ गरेर २ हजार २ सय २६ कर्मचारी आ–आफ्नो मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृतले मतदान केन्द्रमा स्वय सेवक आफैले व्यास्थापन गर्न पाउँनेछन् । त्यस्तै मतदान केन्द्र र बाहिर सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरेर ३ बढी हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रजिअ पुण्डबिक्रम पौडेलले जानकारी दिनुभयो ।

उनले अहिलेसम्म दुई वटै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण चुनावी सभा र घरदैलो भएकाले सुरक्षाको दृष्टिकोणबाट कुनै कमी नहुने बताए । पौडेलले मतदान केन्द्रहरुको अनुगमन, सुरक्षा प्रबन्ध, मतपेटीका आवत–जावतसहित मतगणना स्थल व्यावस्थापनका कामहरु भइसको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D