gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कपडामा लुकाई सुन ल्याउने गुल्मीका सुरेश सहित ७ जना पक्राउ

काठमाडौं, जेठ २३ । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक चिनियाँ र एक भारतीय नागरिकसमेत छन् । दुबईबाट काठमाडौं आउने नेपाल वायुसेवा निगमको जहाजबाट आएका व्यक्तिले सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका वार्ड नं ७ जुनिँया स्थै घर भई हाल सैनामैना रुपन्देही बस्ने ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल रहेका छन् ।

यस्तै, २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । निगरानीका क्रममा सुरेश र सन्दीपले आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो ।

उनीहरुसँग सोधपुछका आधारमा थप अन्य व्यक्तिसमेत पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेका दुइजनाको सर्ट, पेन्ट र अण्डर्वयरको विभिन्न भागबाट सुनको पेस्ट बनाइ लुकाइ ल्याएको अवस्थामा ३१७.८१ ग्राम सुन बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुलाई थप अनुसन्धानको लागि त्रिभुवन बिमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरिले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D