कङ्केदेउराली युवा क्लबद्वारा शैक्षिक सामग्री वितरण

विवश विष्ट
गुल्मी, ११ मंसिर । कङ्के देउराली युवा क्लबले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ नुवार स्थित कङ्के देउराली युवा क्लबको सहजीकरणमा मेगा हट ग्रुपले प्रदान गरेको शैक्षिक सामाग्री बितरण गरिएको हो ।

शनिबार एक कार्यक्रम गर्दै जनक आधारभुत विद्यालय मदाने ६ नुवारमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनक आधारभुत विद्यालयका ३० जना र बराह प्राथमिक विद्यालयका १० जना गरी कुल ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शैक्षिक सामाग्री अन्तर्गत प्रति विद्यार्थी १/१ झोला, कापी आधा दर्जन, टोपी १/१ थान, पेन्सिल १/१ दर्जन, इरेजर १/१ थान, कटर १/१ थान वितरण गरिएको कङ्केदेउराली युवा क्लबले बताएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ