gulminews logo
बिहीबार, २०८० चैत्र १५

एम्बुलेन्स चलक कुटपिट गर्ने पक्राउ

हुमाकान्त पोखरेल
तम्घास, १४ जेठ (रासस) ः नेपाल रेडक्रस सोसाइटी, गुल्मी शाखाका एम्बुलेन्स चालक लाल बहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ बर्षिया सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार राति ९ बजेको समयमा एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए ।

पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । कुटपिटपछि घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । निजलाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने बिषयमा टुङ्गो लाग्ने सुचना अधिकारी पाण्डेले बताउनुभयो । उनीहरुले साथिहरुसँग सँगै बसेर मदिरा सेवन गरेको र छाताको बिषयमा झगडा हुँदा कुटपिट भएको अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D