gulminews logo
बुधबार, २०८१ बैशाख १२

एमाले-माओवादीको एकिकरण पछी गुल्मीमा कस्ले गर्छ नेतृत्व? कस्तो हुन्छ बरियताक्रम?

प्रेम सुनार
गुल्मी, जेठ ०४ । केन्द्रमा हिजोको दुई अलग अलग पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक पार्टी भएको घोषणा गरे लगत्तै नयाँ पार्टीको केन्द्र, संसद हुँदै जिल्ला सम्मै को बरिष्ठ हुने भन्ने प्रश्न खडा भएको छ ।

जिल्लामा तत्कालिन एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त पछि सशक्त नेतृत्व छनौट गरियो भने वोमबहादुर खड्का, सोमनाथ सापकोटा, वालसिंह काउछा, जंग नेपाली, हिरा एसी गणेश श्रीपाली , जिवन खरेल, कृष्ण घिमिरे जिल्लाको चल्तापुर्जा नाम हो ।

नेपाली र श्रीपाली यति वेला केन्द्र सरकारका मन्त्रीहरुको स्वकिय सचिव रहेकोले उनिहरु आकंक्षी हुने हुन् वा होईनन् हेर्न बाँकी छ । पन्त र सापकोटा दुवै जनप्रतिनिधी रहेकोले जिल्ला पार्टी हाँक्न चाहन्छन् कि चाहन्नन् ? त्यो पनि बुझ्न बाँकी छ ।

पुरानो पंक्तिबाट कमलराज श्रेष्ठ, लक्ष्मण पराजुली, टिकाराम सापकोटा सशक्त नेतृत्व हाँक्न सक्ने नेताका रुपमा चिनिन्छन् । माथी उल्लेखित नेताहरु मध्ये कोही सरकारी कर्मचारी त कोही जनप्रतिनिधी भई सकेकाले नेतृत्व दावि गर्दैनन् कि भन्ने सोचमा छन् धेरै कार्यकर्ताहरु ।

माथी उल्लेखित नेताहरु आफुुमा एकसेएक सक्षम छन् । तर सवाल अवसर बाँडफाँडसंग जोडिएकाले नैतिकताको सवाल छ । वोमबहादुर खड्का गुल्मेली कम्युनिष्ट आन्दोलनमा अवसर नपाएका मध्ये एक हुन् । यद्यपी भरण पोषणका दृष्टिले पार्टीले खड्का पत्नी दिलशोभा पुनलाई समानुपातिक सांसदमा लगेर सम्वोधन गरेको छ ।

खड्का पत्नी पुनको राजनैतिक योगदानलाई हेर्ने हो भने श्रीमान श्रीमतिलाई एकै साथ ‘घरयासी सेटल’ गरियो भनेर पार्टी उम्कीन खोज्नु गलत हुनेछ । जनप्रतिनिधी भएकाहरुले यति वेला नैतिकताको छाती ईमान्दार ढंगले खोल्न जरुरी छ ।

सिंङ्गो पार्टी चुनावी मैदानमा उत्रियो । अव ति उत्रिनेहरुलाई अवसर दिने जिम्मा जितेकाहरुको देखिन्छ । यस हिसावले वालसिंह काउछा, हिरा एसी, कृष्ण घिमिरे, जिवन खरेल, टिकाराम सापकोटा लगायतको दावी स्वभाविक रहन सक्छ ।

मन्त्रीका स्वकिय सचिव बनेकाहरुलाई सरकारी पद छाडेर जिल्ला नेतृत्वमा जाउँ वा के गरुँ ? यस्तो सवाल उठेको हुन सक्छ । यस्तै सवाल उठाउने र प्रत्यासी हिजोको एमाले भित्रका थुप्रै नेताहरु अरु पनि हुन सक्छन् । स्वकिय सचिव भएका एक नेताले यदि पार्टीले नेतृत्वको जिम्मेवारी दिएमा आफुले उक्त पद छाडेर जिल्ला फर्किने मनशाय ब्यक्त गरेका छन् ।

सिनियर नेता वालसिंह काउछा

अहिलेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त उपाध्यक्ष हुन । अध्यक्ष टोमलाल पाण्डेको मृत्यु पछि उनलाई कार्यबहाक अध्यक्ष दिईएको हो । उनि छत्रकोट गाउँपालिकाको अध्यक्ष भए पछि उनलाई उतै भ्याई नभ्याई छ । सचिव सोमनाथ सापकोटा मुसिकोट नगरपालिकाको मेयर भई सकेपछि उतै भ्याई नभ्याई छ ।

तेश्रो वरियताका उपसचिव काउछा नै अहिले जिल्ला पार्टीमा क्रियाशिल सिनियर नेता हुन् । उनले समानुपातिक सांसदको अपेक्षा राख्दै आए पनि पार्टीले निरास पा¥यो । विगतमा जनजाती आन्दोलनमा कांग्रेस र एमालेका नेता माओवादीसंग जोडिएर पलायन भए पनि काउछा त्यतातिर नलागेर पार्टीको नीति अनुसार अगाडी बढे ।

एक समय निर्माण ब्यवसायीका रुपमा चिनिएका काउछाले उक्त व्यवसाय समेत छोराको जिम्मा लगाएर पार्टीका काममा आफुलाई सुम्दिदै आएका छन् । यो उनको अन्तिम मौका हुन सक्छ ।

तत्कालिन माआवादी केन्द्रबाट को ?

तत्कालिन माआवादी केन्द्रबाट पार्टीका ईञ्चार्ज र सह ईञ्चार्ज क्रमशः दिनेश पन्थी र सुदर्शन बराल प्रदेश सांसद र प्रदेश मन्त्री भईसकेका छन् । उनिहरुले नेतृत्व छाडे संयोजक र सह संयोजकहरु एकिकृत पार्टीको नेतृत्व दावी गर्नु स्वभाविक हो ।

जिल्ला संयोजक विरबहादुर कार्कीले अवसरका रुपमा वडाध्यक्षको टिकट पाएर पराजित भएका थिए । सह संयोजक वुद्धिबहादुर जिसी क्षेत्र नम्वर २ को संघिय सांसदको टिकट पाएर पनि वाम एकताका कारण छाड्न बाध्य भएका थिए ।

अर्का सह–संयोजक युवराज केसी चन्द्रकोट गाउँपालिकाको प्रमुखमा टिकट पाए पनि पराजित भएर बसेका छन् । अरु सह सयोजक निमबहादुर पाण्डे रुरु रेसुङ्गा संरक्षण तथा विकास समितिको अध्यक्ष वाहेकहरु अवसर पाएका छैनन् ।

चित्रबहादुर केसी पनि पिछडा गाउँ भनेर चिनिने साविकको क्षेत्र नम्वर १ का हुन । उनले पनि अवसर पाएका छैनन् । जैसीथोकका गोपास केसी विप्लवबाट पार्टी एकिकरण गरी सहसंयोजक बनेका हुन् ।

हिजोको एमाले भित्रका युवा पंक्तिमा नेतृत्वका लागि हिजोको नेकपा माओवादी केन्द्रबाट सक्षम नेताका रुपमा बुद्धि जिसी र युवराज केसीको नाम बढि चर्चामा छ । यद्यपी हिजोका दुवै पार्टीको नेतृत्व र कार्यकर्ताले को–कसलाई एकिकृत पार्टीको नेतृत्व तहमा पठाउने हुन त्यो भने हेर्ने बाँकी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D