Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: "केहि" पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली - Gulminews

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्याल
गुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला भेलाका निर्णय तथा संकल्पहरु सार्वजनिक गरेको छ । पार्टी कमिटीद्धारा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । केहि दिन अघि जिल्ला अध्यक्ष बालसिह काउछाको अध्यक्षता तथा पार्टीका केन्द्रीय उप–महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्यहरु दिनेश पन्थी, जंग नेपाली, केन्द्रीय लेखा आयोगका सदस्य भीम पौडेल, केन्द्रीय सल्लाहकार डिल्लीराज भुसाल लगायतका नेताहरुको उपस्थिति बैठक सम्पन्न भएको थियो ।

बैठकमा पालिका कमिटीका अध्यक्ष एवं ईन्चार्ज र सम्पर्क मन्चका नेताहरुले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदनसहित रिर्पोटिङ गरेका थिए । सोहि प्रतिवेदनका आधारमा पार्टी सत्ता गठबन्धनको चौतर्फी घेराबन्दी, राज्यसत्ताको चरम दुरुपयोग, मतदाता प्रभावित गर्न साधन श्रोतको अथाह दुरुपयोगका बाबजुद पनि समग्रतामा केहि पदमा पराजित भएपनि लोकप्रिय मतमा शक्तिशाली भएको निष्कर्ष एमालेले गरेको छ । साथै स्थानीय तहको अनपेक्षित क्षतिका पछि पार्टीभित्रको आन्तरिक असमझदारी, असन्तुष्टि र असहयोग मुख्य कारक तत्व रहेको एमाले गुल्मीले जनाएको छ ।

साथै एमालेले संगठात्मक अराजकताहरु पनि प्रकट भएकाले नेता तथा कार्यकर्ताको भूमिकाको अध्ययन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज जंग नेपालीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल गठन गरेर काम अगाडी बढाएको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए । यसैगरी बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम जिल्ला अधिवेशन प्रतिनिधि परिषद गरेकोे छ । साथै गोपाल खनालको अध्यक्षतामा जिल्ला सल्लाहकार परिषद र जिल्ला कमिटीको कार्यविभाजन समेत गरेको छ ।

लामो समय पार्टीमा योगदान पुराउनु भएका जेष्ठ कम्युनिष्टहरुको सबै पालिकाबाट तथ्यांक संकलन गर्री कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको छ । स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको बीचमा असारभित्र पालिका सभादल गठन गर्ने र स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिध तथा उम्मेदवारका विचमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेर स्थानीय तहको कामलाई प्रभावकारी बनाउने निर्णय भएको पार्टी अध्यक्ष काउछाले बताए । एमाले गुल्मीका सचिव गणेश श्रीपालीले मतदाताका रुपमा योग्यता पुगेका नागरिकलाई २०७९ असार १ गतेदेखि सुरु भएको दर्ता अभियानमा मतदाता दर्ता गर्न साथै दोहोरो भएका, गलत स्थानमा नामावली भएका, मृत्यु भएका मतदाता नामावली सच्चाउन आव्हान गर्ने निर्णय भएको छ ।

११ बुँदे संकल्प प्रस्ताव

बैठकले यस निर्वाचनबाट शिक्षा लिदै निर्वाचन परिचालनमा भएका कमिकमजोरी सच्चाउँदै आगामी संघ र प्रदेशका निर्वाचनमा सिंगो पार्टी एकतावद्ध भई गठवन्धनका विरुद्ध सशक्त राजनीतिक प्रतिवाद गर्दै विजय हासिल गर्नका लागि ११ बुँदै संकल्प प्रस्ताव पारित गरेको छ । जसमा स्थानीय तह निर्वाचनमा २०७९ मा नेकपा एमालेका पक्षमा मतदान गर्नुहुने सम्पूर्ण मतदातामा हार्दिक धन्यवाद ज्ञापन गर्ने, नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई र सफल कार्यकलको शुभकामना ज्ञापन गर्दै जनपक्षीय काम गर्न आग्रह गर्ने, विजय हासिल गर्न नसकेका स्थानीयतहमा पार्टीले सशक्तढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्दै विरोधका लागि विरोध नभएर राम्रा कार्यमा रचनात्मक सहयोग पु¥याउने र गलत कार्यको सशक्त भण्डाफोर गर्ने निर्णय संकल्प प्रस्ताव गरेको छ ।

बैठकले यस अघि नेकपा एमालेको नेतृत्वमा शुरु गरिएका कार्यक्रमहरु कुनै पनि बहानामा रोक्न नदिने, गुल्मीमा भइरहेको पेट्रोलियम पदार्थ र हरेक बस्तुमा गरेको मुल्यबृद्धि र कृतिम अभाव साथै बेथिति नियन्त्रण एवं सुशासन कायम गर्न जोडदार अपिल माग गर्ने प्रस्ताव गरिएको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरले अझै पनि पाठ्यपुस्तक प्राप्त गर्न नसकेको बिषयप्रति खेद प्रकट गर्दै, पाठ्यपुस्तक अविलम्ब उपलब्ध गराउन र असार १५ सम्म पनि रसायनिक मलको अभावले किसानहरुलाई निकै समस्या पारेको अवस्थालाई दृष्टिगत गर्दै रासायनिक मल उपलब्ध गराउन जोडदार माग गर्ने, विमा मार्फत उपचार पाउने प्रबन्ध अविलम्ब मिलाउन र नेकपा एमाले सरकारले आरम्भ गरेका आधारभूत अस्पतालको कामलाई तत्काल अघि बढाउन माग गरिएको छ ।

आसन्न संघ र प्रदेशको निर्वाचनमा सम्पूर्ण पार्टी पङती एकताबद्ध भएर विजय हासिल गर्ने र बर्षातको समयमा बिपत जोखिमका अवस्थालाई ध्यान दिदै आवस्यक सचेतना र तयारी गर्न सरकार र प्रशासनलाई समयमै ध्यानाकर्षण गराउने निर्णय भएको बैठकका निर्णय सार्वजनिक गर्दै एमाले सचिव श्रीपालीले जानकारी दिए । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष बालसिह काउछा केन्द्रीय सदस्यहरु दिनेश पन्थी, जंग नेपाली तथा एमाले नेताहरु कृष्ण सुनार, राजेन्द्र अर्याल, हरि पोख्रेल, कासीराम पाण्डेय, सञ्जिवनी अर्याल लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D