gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

एमालेसंग एकता भनेर गलत प्रचार गरियो, पद दुरुपयोग गर्ने दुई जना निस्काषित: नेकपा समाजबादी

गुल्मी, भदौ २० । नेकपा एकीकृत समाजवादी गुल्मीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता भएको भनेर गलत प्रचार गरिएको भन्दै खण्डन गरेको छ ।

सोमबार एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मलेनको आयोजना गरेर दुवै पार्टीबिच औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्दै समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल एमालेमा प्रवेश गरेका थिए ।

सोमबारै नेकपा समाजवादीले प्रेस बिज्ञप्ती जारी गर्दै गैह्र राजनीतिक ढगंले पदिय दुरुपयोग गरि दुई जना व्यक्तिले नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता घोषणा भयो भनि भ्रमपूर्ण र कुप्रचार गरी पार्टीको हित विपरित कार्य भएको जिकिर गरेको छ ।

ति दुईजना व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काषन गरिएको भन्दै समाजवादीले उनीहरुबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महत सहित सिगों पार्टी एकढिक्का रहेको पार्टिका सह ईन्चार्ज गणेश विश्वकर्मा तथा उपाध्यक्षद्वय चन्द्र सुनार र राम मल्ल ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।

साथै एकीकृत समाजवादीले पार्टी सदस्य, समर्थक, शुभेच्छुक तथा आम मतदातालाई कुनै पनि भ्रममा नपर्न समेत अनुरोध गरेको छ । दुई जना व्यक्तिलाई टिका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेदजनक रहेको नेकपा समाजबादीले भनेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D