gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

एमालेद्धारा दुर्घटनाप्रति दुःख ब्यक्त

शिवलाल सुवेदी
गुल्मी ३० कात्तिक, बुधवार राती रेसुङ्गा नगरपालिका अर्खलेमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका प्रति नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्ट ,प्रदीप ज्ञवाली र नेकपा एमाले गुल्मीले दुःख ब्यक्त गरेका छन ।
बिहीवार बिहान विष्ट, ज्ञवाली, नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्त र कमल श्रेष्ठले सयुक्त शोक वक्तब्य निकालेर दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली ब्यक्त गदै परिवाजनमा समवेदना दिएका छन । साथै दुर्घटनामा परि घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गदै उपचारमा कमि नर्गन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ । विष्ट बुधवार राती नै जिल्ला अस्पताल तम्घासमा पुगेर घाईतेहरुको अवस्थाका वारेमा जानकारी समेत लिएका थिए । मलामी वोकर फर्कदै गरेको लु १ ज १५२१ नम्बरको जिप बुधवार राती दुर्घटनामा परेको थियो । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका छन । यस्तै जिल्ला समन्वयन समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले पनि घटनाप्रति दुख ब्यक्त गरेका छन । उनले घटनामा परि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली ब्यत्त गदै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

दुर्घटनाको नगरद्धारा दुःख ब्यक्त

जिप दुर्घटनामा ज्यान गुमाएका प्रति रेसुङ्गा नगरपालिकाले एक शोक वक्तब्य निकालेको छ । नगरप्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारीले सयुक्त शोक वक्तब्य निकालेर अर्खलेमा जिप दुर्घटनामा परि मृत्यु भएकाप्रति श्रद्धाञ्जली दिदै परिवाजनमा समवेदना दिएका छन । साथै दुर्घटनामा परि घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । यस्तै घाईतेहरुको उपचारमा कुनै कुराको कमि नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै उपचारमा सहयोग गर्ने वक्तब्यमा उल्लेख गरिएको छ । मलामी वोकर फर्कदै गरेको लु १ ज १५२१ नम्बरको जिप बुधवार राती दुर्घटनामा परेको थियो । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D