विवश विष्ट
बुटवल, २ चैत । नेपाली काङ्ग्रेस गुल्मी मदाने रुपन्देहीको प्रथम भेला कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पछिल्लो समय चर्चामा रहेको एमसिसि जनताको पक्षमा भएको स्पष्ट पारेका छन । कार्यक्रममा बोल्दै एमसिसि समृद्धको पक्षमा र विकासको पक्षमा भएको स्पष्टीकरण दिएका हुन । बुधबार बुटवलमा भएको गुल्मी मदाने रुपन्देही सम्पर्क समितिको प्रथम भेला कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।
गुल्मी मदाने रुपन्देही सम्पर्क समितिको प्रथम भेला कार्यक्रममा मदाने गाउँपालिका नेपाली काङ्ग्रेसका सभापति महेन्द्र कुँवरको सभापतितब तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस पुर्वसभापति तथा महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेनको उपस्थित थियो । त्यस्तै अतिथिहरुमा महासमिति सदस्य डा. दामोदर भुषाल, गुल्मी महाधिवेशन प्रतिनिधि शुशिला भुषाल, रुपन्देही महाधिवेशन प्रतिनिधि रिता सेन, गुल्मी जिल्ला सदस्य हरि अर्याल लगायतको उपस्थित रहेको थियो ।
भीष्म अर्यालको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । उपसभापतिमा विनोद विष्ट र नारायण पन्थी, त्यस्तै सचिवमा विवेक भुषाल र राजेश कुँवर, सहसचिवमा आदर्श भट्टराई र शशिन्द्र खड्का र कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध चयन भएका छन । यस्तै सदस्यहरुमा मनिष भुषाल, शिव भुषाल,विनोद भुषाल, कृष्ण कुँवर, मन्जु जिसी,टुकराज भट्टराई, त्रिचन्द्र सेन, सन्दिप थापा, छल्दी थापा, राजकुमार थापा,प्रकाश थापा, राजकुमार घिमिरे गरि २१ सदस्यीय कार्यसमिति निर्माण भएको छ । पदाधिकारीहरु मदाने १ अग्लुङ्ग देखि वडा ७ भनभनेसम्म सबैलाई समावेश गरिएको छ ।
कार्यक्रममा सल्लाहकार समिति पनि गठन भएको छ । ३ सदस्यीय सल्लाहकार समिति निर्माण गरिएको हो । जसमा सल्लाहकार संयोजक तारा प्रसाद भट्टराई, सल्लाहकार सदस्यमा रोम बहादुर कुँवर र प्रकाश पन्थी रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले पार्टीलाई अगाडि बढाउन यो समितिको महत्त्वपूर्ण भुमिका रहने बताए । नेपाली काङ्ग्रेस गुल्मी मदाने विना अधुरो हुने हुदा मदाने कमिटी बलियो हुनु पर्नेमा जोड गरे । पछिल्लो समय पास भएको एमसिसिको विषयमा बोल्दै यो देश पक्षमा, समृद्ध पक्षमा र विकास पक्षमा भएको स्पष्ट पारे ।
गुल्मी मदाने गाउँपालिका रुपन्देही सम्पर्क समिति निर्माण भएको हुदा मदाने गाउँपालिका सभापति महेन्द्र कुँवरले खुसी व्यक्त गरे । नेपाली काङ्ग्रेस प्रदेश सदस्य सुनिल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन विवक भुषालले गरेका थिए ।