gulminews logo
शनिबार, २०८१ बैशाख १५

एमसिसिका विरुद्धमा गुल्मीमा प्रदर्शन

हुमाकान्त पोखरेल
गुल्मी, २७ भदौ । गुल्मीमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) का बिरुद्धमा प्रदर्शन गरिएको छ । विप्लप नेतृत्वको नेकपा माओवादी केन्द्रले आइतबार सदरमुकाम तम्घासमा प्रदर्शन गरेको हो । ‘राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर’, ‘दलाल सरकार होसियार’, हाम्रो भूमी फिर्ता गर’ जस्ता नारा लगाउँदै सदरमुकाममा विरोध प्रदर्शन गरेको नेकपाले जनाएको छ ।

तम्घासको मिलनचोकबाट सुरु भएको विरोध ¥याली जिल्ला प्रशासन अगाडी लाकुरीमञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष बसन्त गैरे र नेकपाका नेता तारा पोख्रेलले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै गैरेले चौतर्फि विरोध भइरहेको एमसिसिलाई सरकार र केही नेताले कमिशनको लागि अगाडी बढाउन खोजेको आरोप लगाए । एमसिसि राष्ट्रको लागि घातक सावित भइसकेको बताउँदै उनले यसको विरुद्धमा सबै नेपाली एकजुट हुनुपर्ने धारणा राखे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D