एक व्यक्तिको पहलमा गुल्मीका दुई गाउँपालिकामा गाडीभाडा घटाईयो

गुल्मी, चैत १० । गुल्मी जिल्लाको सदरमुकामा तम्घास देखी पश्चिम जाने सवारी साधनहरुले बर्षौ देखी आफुखुसी लिँदै आएको भाडा घटाईएको छ । सदरमुकाम तम्घास देखी मदाने गाउँपालिकाको अग्लुङ फेँदी सम्म जाने सवारी साधनले यातायातको नियम बिपरित भाडा लिएको भन्दै स्थानिय समाजसेवी सुशिल चन्दले यातायात गुल्मीमा निवेदन दिनुभएको थियो ।

चन्दले दिएको निवेदनको सम्बोधन गर्दै जिल्ला यातायात कार्यालय गुल्मीले अग्लुङ फेँदिसम्म एकतर्फी भाडा ७० रुपैँया घटाईएको छ भने अन्य स्थानबाट अग्लुङ तर्फ जाने गाडीभाडा पनि दुरी अनुसार घटाईएको जिल्ला यातायात कार्यालय गुल्मीका प्रमुख डोल बहादुर कुँवरले जानकारी दिनुभयो । “जिल्लाको मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका लगायतका स्थानको भाडा घटेको छ”, कुँवरले भन्नु भयो । त्यस क्षेत्रमा दैनिक ५० जना भन्दा बढी यात्राुहरु आवत जावत गर्ने गर्छन् ।

भाडा घटेसँगै त्यस क्षेत्रका नागरिकहरु हर्षित बनेका छन् । स्थानिय सरकार तथा जनप्रतिनिधीहरुको ध्यान पुग्न नसकेपछी स्थानिय समाजसेवी सुशिल चन्दले एक्लै भाडा समायोजनको पहल गर्नुभएको थियो । सदरमुकाम तम्घास देखी अग्लुङ फेँदी सम्मको दुरी ५५ किलोमिटर रहेको र यातायात कार्यालयको नियम अनुसार कच्ची बाटोमा प्रतिकिलोमिटर ९ रुपैँया ९० पैसाको दरले ५४४ रुपैँया हुनुपर्नेमा त्यस क्षेत्रमा चल्ने सवारी साधनहरुले प्रतियात्रु ६७० रुपैँया सम्म असुल्दै आएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ