gulminews logo
मंगलवार, २०८० चैत्र ६

उपराष्ट्रपति पुनलाई गुल्मी २ बाट चुनाव लड्न आउन नेकपा नेता अर्यालको चुनौती

अनिल खत्री
गुल्मी, ९ फागुन । नेकपा केपी ओली पक्षका केन्द्रिय सदस्य राजेन्द्र अर्यालले उपराष्ट्रपति नन्द किशोर पुनलाई गुल्मी क्षेत्रनम्बर–२ बाट चुनाव लडेर राजनिति गर्न चेतावनी दिएका छन् । आइतवार गुल्मीको सदरमुकाम तम्घासमा प्रेस संगन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सस्दय अर्यालले राजनिति गर्ने मनभए गुल्मी क्षेत्रनम्बर २ बाट चुनाव लडेर जित्न चुनौती दिएका हुन् ।

सम्मानित पदमा रहेर सरकारको बिरोध गर्दै राजनिति गर्दै हिँड्ने गरेको आरोप लगाए । उपराष्ट्रपति जस्तो पदको गरिमालाई भुलेर राजनिति गर्ने मन भए राजिनामा दिएर नागरिक भएर आउन आग्रह गरे । उनले उपराष्ट्रपतिले पदिय मर्यादा भुलेर अनाबश्यक राजनिति भाषण गर्दै हिड्दै गरेको आरोप लगाए । उपराष्ट्रपति पद गणतन्त्रको प्रतिक रहेकाले आफनो पदिय जिम्मेवारी पुरा गर्न सक्क्षम नभए राजिनामा दिन चेतावनी दिए ।

अब मुलुक निर्वाचन मय भएकाले त्यसको तयारीमा पार्टी लागि रहेको बताए । निर्वाचनको निम्ति सरकारी निकयहरु तयारी अबस्थामा रहेकाले निर्वाचनको माहोल तयार भइरहेको बताए । कतिपय शक्तिले निर्वाचन हुनुहुदैन भनेपनि भित्रभित्र चुनावी तयारी स्वरुप कार्यक्रमहरु गर्दै आएको बताए । नेत्र बिक्रम चन्दले नेतृत्व गरेको पार्टी पनि बार्तामा आउने वातावरण तयार भइसकेकाले निर्वाचनको निम्ति माहोल तयार भएको उनले बताए ।

केपी ओलीले नेतृत्व गरेको मुलधारको पार्टीमा केहि दिन बाटो बिराउनु भएका नेताहरु फर्किने अबस्थामा रहेको अर्यालले बताए । नेकपा गुल्मीले सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुको सहभागितामा कार्यक्रम गर्दैछ । त्यसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D