उद्योग बाणिज्य संघको निर्वाचनमा ९१ प्रतिशत मत खस्यो, परिणाम भोली बिहान

हुमाकान्त पोखरेल
गुल्मी, ०९ चैत्र । गुल्मी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा ९१.१९ प्रतिशत मत खसेको छ । कुल ५६८ मतदाता रहेकोमा ५१८ मत खसेको निवर्तमान महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । बिहान ११ बजेबाट सुरु भएको निर्वाचन दिउस ४ बजे सकिएको थियो ।

राजनीतिक खिचातानीका कारण गुल्मी उद्योग बाणिज्य संघमा निर्वाचन भएको हो । दलिय हिसाबमा पदिय भागबन्डा सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि सहमती हुन नसकेपछि निर्वाचन गरिएको हो । निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसमा आस्था राख्ने व्यवसायीहरुले दुई छुट्टाछुट्टै प्यानल निर्माण गरी निर्वाचनमा होमिएका थिए ।

बाणिज्य संघको इतिहासमै दुई प्यानल बनाएर नेतृत्व चयनका लागि निर्वाचनमा होमिएको यो पहिलो पटक हो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निवर्तमान अध्यक्ष समेत रहेका दुर्गाप्रसाद पाण्डे र काङ्ग्रेसको तर्फबाट निवर्तमान बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको नेतृत्वमा प्यानल बनाई व्यवसायीहरु नेतृत्व चयनका लागि लागिपरेका छन् । कम्युनिष्ट पार्टी आबद्ध उम्मेदवारका पाण्डेको प्यानलमा उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसाल रहेका छन् ।

महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । भने अन्य १० सदस्य छन् । नेपाली कांग्रेस पार्टी आबद्ध उम्मेदवारका भलामी प्यानलमा उपाध्यक्षहरुमा रामप्रसाद पन्थी, इश्वरी पौडेल, मृगेन्द्र श्रेष्ठ रहेका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याललाई उम्मेदवार बनाएका रहेका छन् । भने अन्य १० सदस्यहरु छन् । अहिले निर्वाचन आचार संहिता बनाउने कार्य चलिरहेको र साढे सात बजेबाट मतगणना सुरु हुनेछ । निर्वाचनको परिणाम भने भोलि बिहान ६ बजेसम्म आइपुग्ने निर्वाचन अधिकृत गणेश खत्रीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D