टोपलाल अर्याल
गुल्मी, १ चैत्र। आगामी १६ चैत्रदेखि २५ गतेसम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको रौनक बढ्दै गएको छ । सोहि क्रममा महोत्सव प्रचार प्रसार उप समितीले बिहिबार धुर्कोट गाउँपालिका ५ वस्तुको विचित्र गुफा भित्रै बैठक बसेको छ । प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएपनि प्रचार प्रसारको कमीले गुफा ओझेलमा परेको भन्दै समितीले गुफाभित्रै वैठकको आयोजना गरेको प्रचार संयोजक श्रीप्रसाद भलामीले बताए ।
महोत्सव मुल आयोजक समिती र गुल्मी उद्योग वाणिञ्य संघका पदाधिकारी र धुर्कोट गाउँपालिका जनप्रतिनिधिहरुको टोली गुफा पुगेका थिए । टोलीले गुफाको विभिन्न अवस्थाको अवलोकन गर्नुका साथै आगामी विकास र समृद्धिका वारेमा छलफल गरेको महोत्सव मुल समिती संयोजक सयोजक दुर्गा प्रसाद पाण्डेले बताए । टोलीले आगामी दिनमा बिचित्र गुफाको भौतिक संरचना विकासका साथै प्रचार प्रसारमा अग्रणी भुमिका निबार्ह गर्ने बचन दिएका छन् । सदरमुकाम तम्घासबाट गएको टोलीलाई स्वागत गर्दै धुर्कोट गाउँपालिका उपप्रमुख शिव बहादुर खत्रीले स्थानीय तहसंगै हातेमालो गरेर गुफाको विकासमा लाग्न सवैलाई आग्रह गरे ।
२९ बर्ष अघि भेटिएको गुफा ओझेलमै
बिचित्र गुफा २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा फेला परेको स्थानीय बताउँछन् । बिचमा धेरै समय गुफा अस्त व्यस्त नै रह्यो । पछिल्लो समेत स्थानीयले नै समिति बनाएर केहि रेखदेख र संरण गरिरहेका छन् । तर त्यो अत्यन्तै न्यून छ । गुफाको विकासका लागि चासो र आश्वासन मात्र दिइरहँदा समितिलाई समेत समस्या भैरहेको छ । ‘अहिलेसम्म स्थानीय स्रोत केहि थिएन,हामी सकेजति गुफाको रेखदेख र संरक्षण गरेका छौं,‘विचित्र गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारीले भने,‘तर यसको जति सुरक्षा हुनुपर्ने हो, त्यति दिन मुस्किल परिरहेका छ ।’ ताला लगाएको अवस्थामा पनि चोरी हुने गरेकाले गुफाको सुरक्षा र संरक्षणका स्थानीयले मात्र चासो दिएर नहुने उनले बताए । स्थानीयकै पहलमा विचित्र गुफा संरक्षण तथा विकास समितिले आगन्तुकसँग लिएको शुल्क र अरु सहयोगबाट गुफाको रेखदेख गर्दै आएको छ । उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्रका अनौठा आकृतिहरु चोरी भएको भण्डारीले बताए ।
महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्ने उदेश्यले संचालन गर्न लागिएको तेस्रो गुल्मी महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली गर्ने भएका छन् । केहि दिन अघि गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डे सहितको टोलीले प्रधानमन्त्री ओलीसंग भेटघाट गरेको थियो । यो बर्षको महोत्सवको नारा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने तय गरिएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।
हेलिकप्टरद्धारा पर्यटकीय स्थलको भ्रमण
तेस्रो गुल्मी महोत्सवलाई थप आकर्षित गर्न हेलिकप्टर संचालन गरिने भएको छ । महोत्सव १० दिन लाग्ने भएपनि चार दिन हेलिकप्टरको ब्यवस्था मिलाएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । हेलिकप्टरद्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने श्रेष्ठले बताए । हेलिकप्टर सदरमुकाम तम्घास नजिकै रहेको गर्जुराबाट उडान गरिने छ । महोत्सवमा हेलिकप्टर चढनको लागी बिभिन्न प्याकेज र मुल्य निर्धारण गर्ने काम भइरहेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।
रम्बा लोक दोहोरी प्रतियोगीता
अहिले गुल्मी उद्योग बाणिज्य संघले महोत्सव अवधिभर रम्बा लोक दोहोरी प्रतियोगीता संचालन गर्ने भएको छ । लोक संगीतको संरक्षण तथा नयाँ प्रतिभाहरुको उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले जानकारी दिए । गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगिता उत्कृष्ट हुने प्रतिभालाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार प्रदान गरिने छ ।
महोत्सवमा दुई सय स्टल
गुल्मी उद्योग बाणिज्य संघले महोत्सवको लागि दुई सय स्टलको राख्ने भएको छ । जसका लागि सवै स्टल बुकिङ्ग भैसकेका छन् । सदरमुकामको चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । साथै अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु महोत्सव अवधिभर राखिने बाणिज्यसंघका सचिव बिरेन्द्र भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने छ । भने महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुंगा, कंके देउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने अपेक्षा आयोजकले लिएको छ ।