gulminews logo
शनिबार, २०८१ बैशाख ८

उत्कृष्ठ काम गर्ने मदानेका पाँच कर्मचारी सम्मानित

हुमाकान्त पोखरेल
गुल्मी, १० असार । गुल्मीको मदाने गाउँपालिकाले उत्कृष्ठ पाँच कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको नवैँ गाउँसभाको अवसरमा सुचना अधिकारी ऋषिराम पोखरेलसहित पाँच कर्मचारी सम्मानित भएका हुन् । पोखरेललाई सर्वोत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित गरिएको छ ।

त्यस्तै उत्कृष्ठ कर्मचारीको रुपमा धन बहादुर थापा मगर, ल्याब असिस्टेन्ट शिवहरी पन्थी, पशु प्राविधिक अर्जुन भण्डारी, कार्यालय सहयोगी बिमला राउत र विष्णु विकलाई सम्मानित गरिएको हो । पुरस्कृत हुने सबैलाई नगदसहित दोसल्ला, करुवा र सम्मान पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले जानकारी दिए ।

चालु आर्थिक बर्षमा मदाने गाउँपालिका स्थानीय तह स्व–मुल्याकंनमा गुल्मीमा प्रथम भएको थियो । गाउँपालिकालाई प्रथम स्थानसम्म ल्याउनको लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै कर्मचारीहरुलाई सम्मानित गरिएको हो । गाउँपालिकाको प्रशासनतर्फ उत्कृष्ठ काम गरेकोले पोखरेललाई, स्वास्थ्यतर्फ उत्कृष्ठ काम गरेकोले पन्थी, पशुतर्फ उत्कृष्ठ काम गरेकोले भण्डारीलाई सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत पछाइले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने पालिकाको नीति तथा कार्यक्रमअनुसार कर्मचारीलाई सम्मान गरिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D