gulminews logo
मंगलवार, २०८० चैत्र ६

उज्यालो बहुउदेश्यीय सहकारीको कार्यालय उद्धाटन

हुमाकान्त पोखरेल
गुल्मी, ०३ असौज । उज्यालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, रेसुङ्गा नगरपालिका गुल्मीको कार्यालय उद्धाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर शनिबार ५ नम्बर प्रदेशका विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका श्रेष्टले सरकारले विकासको लागि नीजि, सरकारी र सहकारी गरी तीन खम्बे अर्थनीति अपनाएको बताए । जसअन्तरगत उज्यालो सहकारी गठन गरी विभिन्न कार्यहरु अगाडी बढाएकोमा सहकारीलाई धन्यवाद् दिए । त्यसका साथै उनले देशमा राजनीतिक सङ्घर्ष सकिएकोले अब आर्थिक सङ्घर्षतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । जसका लागि सबै नागरिकको जिवनस्तर सुधार तथा आर्थिक स्तर बृद्धि गर्नुपर्ने उनको भनाई छ । ‘सबै नागरिकको आर्थिक स्तर बृद्धिको लागि सबभन्दा पहिले उत्पादनमा बृद्धि गर्नुपर्छ र उत्पादित वस्तुलाई बजारको ग्यारेन्टी गर्नुपर्छ ।’ श्रेष्टले भने, ‘उक्त कार्यका लागि सहकारीको आवश्यकता छ ।’

प्रदेश सरकारले आगामी दिनमा काम, अनुदान र ऋण पनि सहकारीमार्फत प्रवाह गर्न लागेकोले उज्यालो बहुउदेश्ययीय सहकारीलाई अझ शसक्त ढङ्गले अगाडी बढ्न आग्रह गरे । त्यस्तै विशेष अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सहकारी स्थापना गर्ने प्रतिस्पर्धा बढेपनि सोचेअनुसार काम नभएकोले उज्यालो सहकारीलाई उत्पादन र बजारीकरणसँग सम्बन्धित काममा बढी केन्द्रित हुन आग्रह गरे । करिब एक बर्ष अगाडीदेखि कारोबार सुरु गरेको सहकारी गत असार ३० गते ५ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दर्ता भएको थियो । सहकारीमा अहिले कुल १७७ जना सेयर सदस्य छन् भने दुई करोड १० लाखभन्दा बढी पुँजी रहेको छ ।

अहिले विभिन्न पाचँवटा उपसमितिमार्फत सहकारीले आफ्नो कामलाई अगाडी बढाएको छ । जसअन्तरगत ऋण परिचालन, शिक्षा, उद्यम विकास, धितो मूल्याकंन लगायत रहेका छन् । सहकारीले अहिले नियमित बचत तथा ऋण प्रवाह गरिरहेको संस्थाका व्यवस्थापक प्रकाश चालिसेले जानकारी दिए । गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा र रुपन्देहीमा समेत सहकारीको कार्यक्षेत्र रहने चालिसेले बताए । अधिकाशं संस्थाहरुले शहरमा प्रधान कार्यालय राख्ने र ग्रामिण भेगमा शाखा कार्यालय राखि काम गरेपनि उज्यालो सहकारीले भने गुल्मीमा प्रधान कार्यालय राखेको छ ।

सहकारीले उद्यमशिलताको विकास गर्ने, उत्पादन, खरिद, संकलन तथा भण्डारण, प्रशोधन र बजारीकरणको क्षेत्रमा काम गर्ने सहकारीका लेखा समिति संयोजक राजेन्द्र विक्रम कुँवरले जानकारी दिए । त्यसका साथै युवाहरुलाई विभिन्न कृषि र कृषिजन्य सामग्रीहरुको उत्पादनमा सहयोग गरी उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने उदेश्यले सहकारीको स्थापना गरिएको कुँवरले बताए । कार्यक्रममा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नेकपाका नेता गणेश श्रीपाली, पत्रकार तिलाचन पाण्डे, हुमाकान्त पोखरेल, महेश बोहोरा, डिबी खड्का, संस्थाका पदाधिकारीहरु, विभिन्न उपसमितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम उज्यालो बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष श्रीराम महतको अध्यक्षता, समिति सभापति श्रेष्टको प्रमुख आतिथ्यता, लेखा समिति संयोजक कुँवरको स्वागत मन्तव्य, उपाध्यक्ष भगवती श्रीसको धन्यवाद मन्तव्य तथा सचिव घनश्याम खरेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D