Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
ईन्द्रेगौडामा आमासमुहको नवनिर्मित भवन उद्घाटन, बिविध कार्यक्रम सहित अन्तराष्ट्रिय नारि दिवस मनाईयो - Gulminews

ईन्द्रेगौडामा आमासमुहको नवनिर्मित भवन उद्घाटन, बिविध कार्यक्रम सहित अन्तराष्ट्रिय नारि दिवस मनाईयो

सुरज भट्टराई
गुल्मी, २४ फागुन । १२ औ अन्तराष्ट्रिय नारि दिवस ईन्द्रेगौँडामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । शिद्देश्वर आमा समुहको आयोजनामा शिद्देश्वर आमा समुहको नवनिर्मित भवन ऊद्घाटन, बरदान सामुदायिक चिकित्सालयको बार्षिकोत्सब सहित संयुक्त तिन कार्यक्रम एकैसाथ सम्पन्न भएका हुन । प्रदेश सरकारबाट दश लाख रुपैँया, मुसिकोट नगरपालिका देखी सात लाख पचास हजार रुपैँया र स्थानिय दानविरबाट आर्थिक संकलन गरि कुल पच्चिस लाख रुपैँयाको लागतमा निर्मित शिद्देस्वर सामुदायिक महिला भवन तथा कृषि उपज संकलन केन्द्रको मंगलवार लुम्बिनी प्रदेशका साभाषद खड्क केसिले औपचारिक रूपमा ऊद्घघाटन गर्नुभएको हो ।

समुहकी अधक्ष सरस्वती भन्डारीको अधक्षतामा सन्चालन भएको कार्यक्रममा पुतलि भन्डारिले स्वागत मनतब्य राख्नुभएको थियो भने प्रमुख अतिथीमा लुम्बिनी प्रर्देशका सभासद खड्क केसीको उपस्थिती रहेको थियो । त्यसैगरि बिशिष्ट आथित्यता मा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा नं ५ का वडाध्यक्ष भागिरथ खरेल नेपालि काङ्ग्रेस जिल्ला सदस्य धिरेन्द्र केसी, नेकपा एमाले जिल्ला सदस्य जिवन खरेलको ऊपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन पार्वती भन्डारिले गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार विभिन्न राजनैतिक दलका प्रतिनिधी, ब्यापारी आदिको ऊपस्थिती रहेको थियो । सोहि अवसरमा भवन निर्माण गर्ने निर्माण ब्यावसायी दल व. बिक, उक्त भवन निर्माण गर्नको लागि नि:शुल्क जग्गा प्रदान गर्ने कुश्माखर खराल, रतनलाल खराल र चन्दा दिने चन्दादातालाई फुल माला टिका लगाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

ईन्द्रेगौडा बजारमा प्रभातफेरी कार्यक्रम गरेर ११२औ अन्तराष्ट्रिय नारि दिवस मनाईएको थियो । सोहि अवसरमा घिरेन्द्र किसि, डिल ब अधिकारी , पानकुमारी बि.क, सुधा खरेल, सुर्यमुर्ति खरेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
सोही अवसरमा वरदान सामुदायिक चिकित्सालय तथा जनस्वास्थय केन्द्रको वार्षिकोत्सब समेत मनाईएको थियो । केन्द्रलाई तत्काल बर्थिङ सेन्टरको रूपमा विकास गर्ने र भोलिका दिनमा थप दरवन्दिको व्याबस्था गर्दै नगरकै एऊटा सुबिधासम्पन्न अस्पतालका रूपमा तयार पार्ने नगरप्रमुख सोमनाथ सापकोटाले प्रतिवद्दता जनाउनुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D