इस्मा गापाको अभियान, महिनावारीका लागि सुरक्षित सामग्री युक्त बिद्यालय घोषणा

टोपलाल अर्याल
गुल्मी, २९ माघ । इस्मा गाउँपालिकाका सवै निमावि र मावि महिनावारीका लागि सुरक्षित सामग्री युक्त भएका छन् । सुरक्षित महिनावारीका लागि सवै सुचकहरु बिद्यालयले पुरा गरेपछि महिनावारीका लागि सुरक्षित सामग्री युक्त बिद्यालय इस्मा गाउँपालिका घोषणा गरिएको छ । आइतबार इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले घोषणा गरेका हुन् ।

गुल्मीमा पनि बहुसंंख्यक महिलाहरु महिनावारी भएको समयमा छुट्टै स्थानमा बस्ने परम्परा छ । जसका कारण महिनावारीलाई ‘प्रकृतिले दिएको बरदान’ भनेर बुझाउन निकै कठिन छ । सोहि धारणालाई परिवर्तन गर्न गाउँपालिका यो बर्ष बजेट नै बिनियोजन गरेर अभियान संचालन गरेको थियो । गाउँपालिकाका १२ निमावि र सात माविमा सामग्री वितरण, छात्राहरुलाई अभिमुखीकरण, इन्सिनेटर र एक जना शिक्षिकालाई फोक प्रर्शन तोकेर अभियान अगाडी बढाइएको इस्मा गाउँपालिकाका स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए ।

अभियान समुदायसम्म पु¥याउँछौ ः प्रमुख बिष्ट
इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले भर्खर बिद्यालयसम्म पुगेको यो अभियान गाउँका आमा दिदि बहिनीसम्म योजनाका साथ पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।’ उनले आफु पुर्व स्वास्थ्यकर्मी समेत भएकाले स्वास्थ्य क्षेत्रको विकासका लागि कुनै कसुर बाँकी नराख्ने जनाए । यो अभियानलाई बिद्यालय हुँदै सरकारी कार्यालय र समुदायसम्म पुराएर आफ्नै कार्याकालमा गाउँपालिकालाई नै महिनावारीका लागि सुरक्षित सामग्री युक्त गाउँपालिका घोषणा गर्ने बिष्टले बताए ।

धर्मसंग जोडिएको मानसिकता बाधक
गाउँपालिका उपप्रमुख बिमला खत्रीले आफु किशोरी हुँदा महिनावारी भएकै कारण बिद्यालयबाट भागेको स्मरण गर्दै यसलाई प्रभावकारी गराउन चेतना र शसक्तीकरण आवश्यक रहेको बताइन् । उनले गाउँका आमा दिदि बहिनीहरुमा महिनावारी धर्मसंग जोडिएकाले यो गलत छाप मेटाउनु नै प्रमुख चुनौती रहेको बताइन् । ‘एक बिद्यालयबाट शुरु भएको यो अभियान सवै बिद्यालय पुग्यो र घोषणा गर्दैछौ,’उनले भनिन्,‘समुदायको चुनौती पनि बिद्यालयका बिद्यार्थी मार्फत नै पुरा गर्ने हो ।’

जिल्लाभरका ४० बढि बिद्यालयका किशोर किशोरीलाई महिनावारीका लागि सुरक्षित सामग्रीको बारेमा प्रशिक्षण दिइएको भएपनि कार्यान्वयमा समस्या रहेको सेवा संचार गुल्मीकी अध्यक्ष एवं प्रशिक्षक गंगा खड्काले बताइन् । महिनावारी जस्तो बिषय पनि अरु कसैको लागि हो भन्ने समुदाय तथा जिम्मेवार व्यक्तिकै मानसिकता रहेको उनले बताइन् । जिल्लामा सेवा संचार गुल्मीले बिगत पाँच बर्षदेखि महिनावारीको क्षेत्रमा काम गरिरहेको छ ।

जनप्रतिनिधी सहितका सरोकारवालाले कसम खाए
इस्मा गाउँपालिकाका सवै जनप्रतिनिधी र सरोकारवालाले महिनावारीका लागि सुरक्षित सामग्री अभियानलाई आफ्नो बिद्यालयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कसम खाएका छन् । गाउँ कार्यपालिकाका सवै सदस्य, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, प्रध्यानाध्यापक लगायतले बिद्यालयमा इन्सिनेटर सहितको छात्रा शौचालय निर्माण गर्ने, सामग्री अर्थात सेनटरी प्याड बितरण गर्ने र अभिलेख राख्ने, छात्राहरुलाई अभिमुखीकरण गर्ने, बिद्यालयमा महिनावारीका लागि सुरक्षित सामग्री युक्त बिद्यालय लेखिएको बोर्ड राख्ने तथा नियममित अनुगमन गर्ने कसम खाएका छन् । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले कसम खुवाएका थिए । त्यस्तै बिद्यालयहरुमा पनि महिनावारीका लागि राष्ट्रिय संजाल गठन गरिएको छ । उनीहरुलाई पनि अभिमुखिकरण दिएर कसम खुवाइएको थियो ।

निर्धक्क प्याड माग्छन् छात्राहरु
यो अभियानले बिद्यालयमा महिनावारी भएपछि छात्राहरुले बिद्यालय छोड्ने र चार÷पाँच दिन कक्षामा नआउने समस्या हटेको बिद्यालयका प्रध्यानाध्यापकहरुले बताए । बिद्यालयमा अभियान मार्फत सेनेटरी प्याड माग्ने र प्रयोग गर्ने छात्राहरुको संख्या उल्लेख्य रुपमा बढेको रामराज्य माविका प्रध्यानाध्यापक गुणाखर अर्यालले बताए । साथै अहिले महिनावारी हुँदा अपनाउनुपर्ने उपायका बारेमा जानकारी प्राप्त गरेपछि छात्रा खुलेर बोल्ने गरेको उनको भनाइ छ । ‘अहिले महिनावारी भए लुक्ने वा बिद्यालय छोड्ने अवस्था छैन्,’उनले भने,‘ निरन्तरता प्रमुख चुनौती हो,बिद्यालय पोजेटिभ भए असम्भव छैन् ।’

इस्मा गाउँपालिकाको आर्थिक सहयोग तथा सेवा संचार गुल्मीको सहजीकरणमा बिद्यालयहरुमा सेनिटरी प्याड वितरण गरिएको हो । अभियानको क्रममा यो बर्ष मात्रै एक हजार तीन सय ३३ छात्रालाई प्याड वितरण गरिएको गाउँपालिकाले गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोख्रेलले बताए । गएको बर्ष पनि बिद्यालयको आन्तिरक स्रोतबाट केहि बिद्यालयहरुमा सचेतना र सेनेटरी प्याड बितरण गरिएको थियो । पोख्रेलका अनुसार सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहजता ल्याएको छ ।

चेतना अभावले आङ खस्ने समस्या ः डा. दिवस
गुल्मीको ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले पाठेघरको समस्या बढ्दै गएको छ । पाठेघरको समस्या हुने कारण मध्ये महिनावारीका बेला प्रयोग गरिने कपडा र सरसफाई पर्दछन् । तर गाउँका धेरै आमा दिदि बहिनीहरु यो बिषयमा जानकार नहुँदा समस्या भैरहेको इस्मामै पाठेघरको शिविरकालागि पुगेका रिडि प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिवस सापकोटाले बताए । सापकोटाका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, महिनावारीका बेला सरसफाई नगर्ने, फोहोर कपडा प्रयोग गर्ने र भारी बोक्ने कारणले पाठेघर खस्ने समस्या हुने गर्दछ ।

गाउँमा पाठेघरको समस्या भएका आमा दिदिबहिनीहरु धेरै भएकाले चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सापकोटाले बताए । ‘गाउँको एउटा क्याम्पमा मात्रै दुई÷तीन सय जना महिलाले समस्या लिएर आउनु सानो कुरा होइन,’उनले भने,‘बिद्यालयको यो अभियान घरसम्म पुग्नुपर्छ ।’ इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालका अनुसार गाउँका धेरै आमाहरुले महिनावारी भएको बेला केहि पनि प्रयोग गर्दैनन् ।

गाउँपालिकाका बिपन्न तथा दलित बस्तीहरुमा सुरक्षित महिनावारी लगायतका स्वास्थ्य सचेतनाका कार्यक्रम लैजानुपर्ने भुसालले बताए । भर्खरै सम्पन्न भएको निशुल्क पाठेघरको उपचार सम्बन्धि शिविरमा दुई सय १२ जना महिलाहरुले पाठेघरको समस्याको उपचार गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ