gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

इस्मा गाउँपालिकामा आज सार्बजनिक बिदा

अनिल खत्री
१८ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सार्बजनिक बिदा दिएको छ । गाउँसभाले गाउँपालिकाको केन्द्र वडानम्बर–५ को रातापोखराम केन्द्र निर्धारण गरेको सुखद उपलक्ष्यमा सार्बजनिक बिदा दिएको हो ।

गाउँपालिकाले बुधवार गाउँपालिकाको बिशेष गाउँसभाको तेस्रो बैठकले इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको थियो । गाउँपालिकाले आज गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्बजनिक संघ संस्था, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयमा बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतले जानकारी दिए ।

साँझ घरघरमा दिपावली गर्न गाउँपालिका वासीमा अनुरोध समेत गरेका गाउँपालिकाले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको छ । गाउँपालिकाको बिशेष गाउँसभाको तेस्रो बैठकले इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको थियो ।

केन्द्र निर्धारणको लागी गाउँ सभामा गाउँपालिकाको केन्द्र “इस्मा रजस्थलको वडानम्बर–५ रातापोखरामा केन्द्र रहनेगरि वडानम्बर–३ नम्बरको फेदिफाट माटाखानी“ सम्मको प्रस्तावमा भएको थियो । गाउँपालिकाले पटक–पटक केन्द्रको बिषयमा छलफल गर्दा पनि केन्द्रको बिषयमा सहमती जुटाउन सकेको थिएनन् ।

जसअनुसार भएको मातदानमा २१ जनाले पक्षमा र ८ जनाले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए । स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद हुँदै आएको थियो ।

स्थानीयको गठन हुने समयमा गाउँपालिकाको केन्द्र तोकिएको वडानम्बर–५ को चापटारीमा तोकिएको थियो । तर पछि त्यसस्थानमा बिवाद भएपछि लामो समयसम्म केन्द्र बिवाद बल्झीदै आएको थियो ।

लामोसमयसम्म केन्द्र टुङ्गो नलागेपछि केहि महिना पहिले नेकपा गुल्मीको जिल्ला पार्टी कार्यालय गुल्मीका बसेको बैठकले गाउँपालिकाको केन्द्र वडानम्बर–५ को आम्बोटदेखी वडा नम्बर–१ को छिनुवासम्म डेढ किलोमीटरको दुरिमा राख्न निर्देशन गरेको थियो । तर त्यस निर्णयलाई भने गाउँपालिकाले कार्यान्वयन नगरी नयाँ ठाउँमा पस्ताव गरेर केन्द्र निर्धारण गरेको छ ।

जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये इस्मा गाउँपालिकाको केन्द्रमा मात्रै बिवाद रहेको थियो । अन्य स्थानीय तहले भने केन्द्र निधारण गरिसकेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D