gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

इस्माले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अनिल खत्री
२० साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालनी गरेको छ । टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्ध तथा जेष्ठ नागरिकहरुको लागि सहज भएको छ ।

कतिपय स्थानीय तहले बैंक मार्फत सम्बन्धीत स्थानमा मात्रै वितरण गर्दा कयौं बृद्ध तथा जेष्ठ नागरिकहरुले हैरानी खेप्नु गरेको छ । तर इस्मामा भने थानीय तह निर्वाचनमा घरछेउमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका इस्मा गाउँपालिकाका जनप्रतिनिधीले आफुले बोलेका बाचा पुरा गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्न थालेपछि बृद्ध तथा जेष्ठ नागरिकलाई समस्या हुँदै आएको छ । एक दुइ दिनलगाएर बैंकसम्म पुगेर लाइन बसेर सामाजिक सुरक्षा भत्ता बुझदा खर्च सँगै समय र सास्ती पनि खेप्नु पर्ने अवस्था थियो ।

तर इस्मा गाउँपालिकाले सेवाग्रहीको सहजताको लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण कार्य थालनी गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । पालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाएपछी स्थानीय हर्षित छन ।

दश वर्ष अघिदेखि सामाजिक सुरक्षा भत्ता बुझदै आएका इस्मा गाउँपालिका वडानम्बर– ५ का ८२ वर्षीय मनिराम भण्डारीले टोलमै बुझना पाउदा धेरै राहत मिलेको बताए । उनले पहिले भत्ता लिनको लागि बैंकमा जानु पर्थ्यो तर अहिले बैंकमा जानुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी ब्यक्त गरे ।

उनले ज्येष्ठ नागरिकहरुका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगी उपलब्ध गराउने सुरुवात गरेकोमा जनप्रनिधिीलाई धन्यवाद दिए । पहिलोपटक बृद्धभत्ता बुझन टोलम पुगेकी नमकला बोहोराले घरदैलोमा आएर पाउदा निकै खुसी लागेको बताइन् ।

उनले बृद्ध भत्ता बुझेपनि नुन, तेल, चिनी चिया किन्ने बताइन । पहिले इस्मा मैदान जाँदा एक हजारसम्म खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन ।

गाउँपालिकाले पालिका भित्र पर्ने ६ वटै वडाको टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । गाउँपालिकाको स्थानीयलाई पायक पर्ने विभिन्न १८ स्थानबाट १ हजार २ सय वढिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताएइन् ।

जस अनुसार वडानम्बर–१ को हर्पुकोटमा १९० जना, वडानम्बर–२ को छल्दीबाट २७२जना, वडानम्बर–३ को दर्लामचौरबाट १८१ जना, वडानम्बर–४ को दोहोलीबाट २३४ जना, वडानम्बर–५ इस्मा रजस्थलबाट ६२ जना र वडानम्बर–६ अम्मरपुरबाट २९४ जना गरि १ हजार २३२ जनाले लाभ लिएको उपाध्यक्ष कुँवरले बताइन् । नागरिकको घरदैलोमा स्थानीय सरकार नीति अनुरुप सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण कार्य थालनी गरिएको कुँवरले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D