gulminews logo
बिहीबार, २०८१ बैशाख १३

इस्मामा पहिरोका कारण १५ घर बिस्थापित, दुई घर गोठ बगे

टोपलाल अर्याल
गुल्मी, ८ असार । गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको रातापानी तथा खासु गाउँका १५ घर परिवार पहिरोका बिस्थापित भएका हुन् । शनिबार र सोमबारको अविरल बर्षका कारण रातापानीका नौ घर र खासु गाउँका ६ घर परिवार बिस्थापित भएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।

अहिलेसम्म रातापानीका दल बहादुर घर्ति र धन बहादुर घर्तिको घर तथा ओम बहादुर घर्तिको गोठ पहिरोले बगाएको अधिकारीले बताए । उनीहरुसंगै सोहि स्थानका मान बहादुर घर्ति, इश्वरी घर्ति, राम बहादुर घर्ति, थम्मन घर्ति, र मान बहादुर घर्ति बिस्थापित भएका छन् । त्यस्तै खासु गाउँका शिबलाल खासु र चुरामणी खासुसहितका ६ घर पहिरोका कारण बिस्थापित भएका छन् ।

राक्से–कल्यार–फुलबारी–कृष्णनगर सडक निर्माणका कारण दुई गाउँ बिस्थापित भएका हुन् । सडक निर्माणको क्रममा थुपारिएको माटो बग्ने तथा जमिन भासिने भइरहेका आफुहरु बिस्थापित भएको पीडित मान बहादुर घर्तिले गुनासो गरे । उनले दिउँसोमा पहिरो गइरहेकाले मानविय क्षति नभएको बताए । ‘कोरोना संक्रमणकै बेला घर छोडेर निकस्न बाध्य भएका छौ,’उनले भने,‘बिस्थापित जनशक्ति प्रावि र छिमेकीकोमा दुख र कष्ट सहेर बसेका छौ ।’क इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बिस्थापितको एकिकृत व्यावस्थापन गर्न थालिएको जानकारी दिए । ठाउँको अभावमा बिद्यालय र छिमेकीकोमा रहेका बिस्थापित परिवारलाई तत्काल राहत प्रदान गर्ने र प्रशाससनसंग पनि समन्वय भएकाले केहि दिनभित्र एकिकृत व्यास्थापन गर्ने योजना रहेको बिष्टले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D