इस्मामा क्वारेन्टाइन बनाउने भन्दै पैसा उठाउने पक्राउ

टोपलाल अर्याल
गुल्मी, १२ चैत। मान्छेलाई राष्ट्रिय बिपद्को मतलव छैन् । यो समयमा पनि चोरी, कालो बजारी र अबैध धन्दा गर्ने गरेका छन् । कोरोनाको त्रासको मौका छापेर क्वारेन्टाइन बनाउने भन्दै गाउँमा पैसा उठाउने एक व्यक्तिलाई इस्मा प्रहरीले पक्राउ गरेको छ । मालिका गाउँपालिका २ का २४ बर्षीय शसिराम घर्तिलाई बिहिबार दिउँसो पक्राउ गरिएको इस्मा प्रहरीचौकी इन्चार्ज प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीले बताए ।

इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको रोदी र चाँपटारीका केहि घरमा रकम उठाउँदै गरेको अवस्थामा पक्राउ गरेको अधिकारीले बताए । घर्तिले इस्मामा मात्रै पैसा उठाए वा अयन्त्र पनि अबैध बाम गरे भन्ने बिषयमा अनुसन्धान भइररहेका इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनले मालिका गाउँपालिका प्रमुख रित बहादुर थापासंग पनि सम्पर्क भएकाले घर्तिले अन्य स्थानमा बदमासी गरेको नभए इस्मा गाउँपालिकाको नियम मदिरा सेवन बापतको जरिवाना असुल गरेर छोडिने बताइन् ।

उनले देश संकटमा परेको बेला मौका छोप्नेहरुबाट सचेत बन्नुपर्ने चेतना भएको बताइन् । केहि दिन अघि धुर्कोट गाउँपालिकाका विभिन्न स्थानमा दुई दर्जन पसलहरुमा चोरी भने । वडा कार्यालयसंगै रेडियोको ताला समेत फोडिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ