Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
इस्मामा एमालेबाट हिरा एसी अध्यक्षका उम्मेदवार - Gulminews

इस्मामा एमालेबाट हिरा एसी अध्यक्षका उम्मेदवार

हुमाकान्त पोखरेल
गुल्मी, ०८ वैशाख । नेकपा एमालेले इस्मा गाउँपालिकामा हिरा एसीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ । गाउँपालिका अध्यक्षको उम्मेदवारको लागि चारजनाको नाम सिफारिस भएपनि एमालेको लुम्बिनी प्रदेश कमिटीले एसीलाई उम्मेदवार बनाउने गरि निर्णय गरेको पार्टीका गाउँकमिटी अध्यक्ष राजेन्द्र विक्रम कुँवरले जानकारी दिए । एमालेबाट गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नका लागि हालका गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, समन्वय समिति प्रमुख लक्षमण पराजुली, महिला नेतृ ललिता गौतम र एसीको नाम सिफारिस भएको थियो । उपाध्यक्षको लागि एमालेबाटै चारजनाको नाम सिफारिस भएपनि अझैसम्म टुंगो लागेको छैन ।

०५६ सालमा एमालेको पार्टी सदस्यता प्राप्त गरेका एसी ०६१ सालमा अनेरास्ववियु गुल्मीको अध्यक्ष भए । ०६३ सालमा अनेरास्ववियुको दोस्रो कार्यकालको लागि अध्यक्ष र एमालेको जिल्ला कमिटी सदस्य भए । त्यसैगरि ०६५ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज भए । ०६६ सालमा एमालेको जिल्ला सचिवालय सदस्य भएका एसी नेकपा हुँदा जिल्ला कार्यालय सदस्य र ०६७ मा तत्कालिन उर्जामन्त्री गोकर्ण विष्टका स्वकीय सचिव भएका थिए । अहिले उनी एमालेको प्रदेश कमिटी सदस्य छन् । उनले एम्.ए., बी.ए. र एल्.एल्.बी. गरेका छन् । साथै अधिवक्ताको रुपमा नेपाल बार एसोसियनको सदस्य रहेका छन् ।

आफु लामो समयदेखि नेकपा एमालेको माध्यमबाट समाज रुपान्तरणमा लागेको र इस्मामा एमालेको संगठन बलियो भएकोले निर्वाचन आफुले जित्नेमा विश्वस्त भएको एसीले प्रतिक्रिया दिए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा इस्मामा एमालेका लक्षमण बहादुर विष्ट पाँच हजार ५५ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका चन्द्र बहादुर महतले चार हजार मत ल्याएका थिए । इस्मामा वडा नम्बर १ हस्तिचौरमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए भने अन्य पाँचवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D