gulminews logo
बुधबार, २०८१ बैशाख २६

इस्माको नीति, कार्यक्रम र बजेट पारित, अध्यक्ष रोजगारदेखि ४ हजार घरमा धारा

टोपलाल अर्याल
गुल्मी, ८ असार। इस्मा गाउँपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । इस्मा गाउँपालिकाको नवौ गाउँ सभामा अध्यक्ष लक्ष्मण बिष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष बिमला खत्रीद्धारा प्रस्तुत बजेट सर्वसम्मत रुपमा पारित भएका छन् । गाउँपालिकाले ४२ करोड ७९ लाख ८१ हजार ५ सय ३४ बराबरको बजेट प्रस्तुत गरेको छ ।

इस्मा गाउँपालिकाले आगामी बर्ष ‘अध्यक्ष रोजगार कार्यक्रम’ मार्फत स्थानीय स्तरमा रोजगारी प्रदान गरि जनताको आयस्तरमा बृद्दि गर्न न्यूनतम ३० दिनको रोजगारी ३ सय ५० जनालाई प्रदान गर्ने भएको छ । त्यस्तै न्यूनतम पारिश्रमीक सुनिश्चित, बिद्यालयमा कार्यरत स्थानीय श्रोत शिक्षक र गाउँपालिकाका करार कर्मचारीलाई मासिक २ हजार तलव वृद्धि गर्ने गरेर नीति तथा कार्यक्रम र बजेटको व्यावस्था गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए । साथै जनप्रतिनिधीहरु निर्वाचित भएदेखिकै गुल्मीका स्थानीय तहहरुको महत्वपूर्ण योजना खरका छानामुक्त अभियानलाई इस्मामा पूर्णता दिने, ४ हजार घरधुरीमा ‘एक घर एक धारा’ सम्पन्न गर्ने र उज्यालो इस्मा घोषणा गर्ने गरेर निति, कार्यक्रम र बजेट निर्माण गरेको बिष्टले बताए ।

यसैबिच युवाहरूलाई रोजगार एवं स्वरोजगार बनाउन पम्प अपरेटर तथा मर्मत सम्भार कार्यकर्ता, प्लम्बिङ्ग, डोजर चालक, सवारी साधन मर्मतकर्ता, हेयर कटिङ्ग, व्युटीसियन, ग्रामिण पशु तथा कृषि कार्यकर्ता लगायतलाई तालिम प्रदान गर्ने, उद्यम गर्न चाहने युवाहरुकोे वित्तीय पहुँच विस्तार गर्न ‘उद्यम विकास कोष’ स्थापना गरी सहुलियत कर्जा, कोरोना महामारीबाट प्रभावित भई विदेशबाट सीप सिकेर गाउँ फर्किएका युवाहरूलाई लक्षित गरी ‘परदेशीको सीप ः स्वदेशी लगानी’ भन्ने नारालाई कृषि र पशुपालनका कार्यक्रम मार्फत व्यवहारमा कार्यान्वयन गर्न नीति तथा कार्यक्रम र बजेट व्यवास्थापन गरिएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । त्यस्तै कोभिड–१९ को कारण विभिन्न क्षेत्रको रोजगारी गुमाएका जनशक्तिलाई सोहि अनुसारको रोजगारी दिन ‘हाम्रो श्रम हामै्र विकास’ भन्ने भावना जगाउँदै गाउँपालिका चालु तथा नयाँ विकास आयोजनाहरु श्रममूलक बनाई स्थानीय श्रम शक्तिको उपयोग गरिने नीति गाउँपालिले बनाएको खत्रीले बताइन् ।

औद्योगिक ग्राम नेपाल सरकारबाट घोषणा भई कार्यारम्भ भइसकेकोले आवश्यक पूर्वाधार निर्माणमा द्रुत गति प्रदान गरिनेछ । नीति तथा कार्यक्रम र बजेटमा गुल्मी जिल्लाकै पहिचानको रुपमा रहेको बुल्म सेरामिक्स उद्योगलाई नियमित र व्यवसायिक रुपमा सञ्चालन गरी आम्दानी वृद्धि गर्न उद्योगको क्षमता विस्तार गर्ने, जनशक्ति निर्माण तथा मेशिन औजारहरू उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिए ।

त्यस्तै कोरोना महामारी नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सवारीचालक, स्वयंसेवक तथा जनप्रतिनिधिहरुको लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री, जीवन विमा, कोरोनाका कारण मृत्यु भएमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने गरेर नीति लिइने घर्तिले बताए । गाउँपालिका भित्रका दलित समुदायको परम्परागत सीप तथा पेशाको आधुनिकीकरण गर्नेतर्फ ध्यान दिइने, घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाई शुन्यमा झारेर वडा, गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नेतर्फ रणनीतिक कार्यक्रमहरू सञ्चालन गर्ने, सुत्केरी जाँचका लागि स्वास्थ्यकर्मीलाई घरघरमा पु¥याउने नीति लिइनेछ । गर्भवती महिलाहरूको स्वास्थ्य र पोषणमा सुधारको लागि गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने, वर्थिंङ्ग सेन्टरहरुलाई थप व्यवस्थित गर्ने, सुत्केरी हुनको लागि नजिकको बर्थिंङ्ग सेन्टरसम्म आउने जाने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने घर्तिले बताए । साथै इस्माले पत्रकारहरुको क्षमता विकास तथा इस्मा जन्मिएर पत्रकारितामा सक्रिय पत्रकार महासंघको सदस्य प्राप्त व्यक्तिलाई स्वास्थ्य उपचार सहयोग कार्यक्रम नीति कार्यक्रममा समेटेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D