gulminews logo
शनिबार, २०८१ बैशाख ८

इस्माका पहिरो पीडित परिवारलाई राहात प्रदान, पीडित परिवारद्धारा पुर्नवासको माग

टोपलाल अर्याल
गुल्मी ११ असार । इस्मा गाउँपालिकाका वडा नं ४ दोहलीका पहिरो पीडित परिवारलाई राहात प्रदान गरिएको छ । गत असार ६ गते पहिरोका कारण बिस्थापित भएका दोहली रातापानी र खासुगाउँका १३ घर परिवारलाई बिहिबार राहात प्रदान गरिएको छ । पहिरो पीडित परिवारलाई इस्मा गाउँपालिकाको तर्फबाट चामल, दाल, तेल नुन र जिरा मसला प्रदान गरिएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।

पाँच जनासम्मको परिवारलाई २५ किलो चामल, दुई लिटर तेल, दुई किलो दाल, एक किलो नुन र जिरा मसला प्रदान गरिएको छ । भने पाँच जनाभन्दा माथीको परिवारलाई ५० किलो चामल, चार लिटर तेल, चार किलो दाल, दुई किलो नुन र जिरा मसला प्रदान गरिएको वडाध्यक्ष अधिकारीले बताए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी गुल्मीको तर्फबाट प्राप्त त्रिपाल र कम्बल प्रति परिवार एक÷एक थान प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त कम्बल र त्रिपाल नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लाल बहादुर कुवंरले गाउँपालिका प्रमुख लक्ष्मण बिष्टलाई प्रदान गरेका थिए ।

कम्बल र त्रिपाल प्रदान गर्दै कुवंरले अहिले तत्काल मानवीय सेवा र सम्बन्धका कारण सानो सहयोग गरेकाले भोलीका अरु सहयोग सन्दर्भहरुमा रेडक्रस सधै नागरिकहरुको पक्षमा रहेको बताए । खाद्यान्न, कम्बल र त्रिपाल पीडित परिवारलाई प्रदान गर्दै गाउँपालिका प्रमुख बिष्टले पहिरो पीडित परिवारलाई प्रति परिवार १० हजारको दरले गाउँपालिकाले राहत रकम उपलब्ध गराउने घोषणा समेत गरे । उनले गाउँ पहिरोको अत्यन्तै जोखिममा भएकाले उपयुक्त स्थानमा जग्गा खोजेर पुर्नवासको व्यावस्था गर्न समेत गाउँपालिकाले प्रत्यत्न गर्ने बताए ।

पहिरोले घरगोठमा क्षति पुराउनुका साथै जमिन भासिने र भत्किने भएपछि दुई गाउँका दुई दर्जन घर परिवार बिस्थापित भएका हुन् । उनीहरु जनशक्ति प्रावि र स्थानीयको शरण लिएर बस्न बाध्य भएका छन् । कोरोना संक्रमणसंगै पहिरोका कारण तत्काल घर फर्कने र गएर पनि बस्ने अवस्था नभएकाले साह्रै कष्टपूर्ण रुपमा बसि रहेको पहिरो पीडित मान बहादुर घर्तिले बताए । ’कहिलेसम्म अरुको घर र बिद्यालयमा बस्ने निकै मुस्किल प¥यो,’उनले भने,‘छिट्टै पुर्नवासको लागि गाउँपालिकाले पहल गरोस् ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D