gulminews logo
शुक्रबार, २०८० चैत्र १६

इस्माका पहिराे प्रभावितलाई नगद प्रदान

हुमाकान्त पाेखरेल
गुल्मी, ३० भदाै । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ मल्दिका पहिराे प्रभावितहरूलाई राहतस्वरूप नगद प्रदान गरिएको छ । गत असार १८ गतेकाे पहिराेबाट प्रभावितहरूलाई राहतस्वरूप नगद प्रदान गरिएको हाे । बुधबार एक कार्यक्रमका बीच उक्त वडाका ५८ परिवारलाई कुल एक लाख ४८ हजार अाठ सय प्रदान गरिएको हाे । जसमध्ये मृतक परिवार क´ वर्गकालाई प्रति परिवार चार हजार पाचँ सयका दरले,ख´ वर्गका परिवारलाई प्रति परिवार तीन हजार तथा `ग´ वर्गका परिवारलाई प्रति परिवार एक हजार सात सयका दरले वितरण गरिएको छ ।

शिक्षक समेत रहेका साेही वडाका स्थानीय बाबुराम पन्थीले फेसबुकमार्फत सहयोग अभियान सुरू गरेका थिए । उक्त अभियानबाट देश तथा विदेशबाट अहिलेसम्म कुल एक लाख ९० हजार नाै सय संकलन भएकाे छ । जसमध्ये ४२ हजार एक सय यसभन्दा अगाडि नै वितरण गरिएको सहयोग संकलनकर्ता पन्थीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D