gulminews logo
बिहीबार, २०८१ बैशाख १३

इस्माका घटना दर्ता शिविर: देव बहादुरले १६ बर्षपछि छोरीको जन्मदर्ता बनाए

टोपलाल अर्याल
गुल्मी, १३ असार । इस्मा गाउँपालिका २ का देव बहादुर सार्कीले दर्ता शिविरमा दुई छोराछोरीको जन्मदर्ता बनाइदिए । १६ बर्षीया छोरी ज्योति नेपाली र चार बर्षीया छोरा आशिष नेपालीको जन्म दर्ता भर्खर बनाएका हुन् । गाउँपालिका प्रमुख भगतसिंह खड्काले देव बहादुरलाई छोरा र छोरीको जन्मदर्ता दिएर अभियानको शुभारम्भ गरे । देब बहादुुर २० बर्षदेखि भारतमा छन् ।

२१ बर्षमा बिहे गरेर भारत पसेका देव बहादुर पटकपटक घरमा त आए । तर, जन्मदर्ता गराउन अनुकुल भएन । उनले अहिले छोराछोरीको जन्मदर्ता मात्रै बनाएनन् । श्रीमती रितु नेपालीको नागरिकता पनि जिल्ला प्रशासन कार्यालयमा पुगेर बनाए । ‘यो पटक श्रीमतीको नागरिकता र बच्चाहरुको जन्म दर्ता गराउन पाएँ खुसी छु,’उनले भने,‘परदेशी मान्छे घर आएको बेला भनेजस्तो भएको थिएन् ।’

गाउँपालिकाद्धारा ६ दिने अभियान संचालन

इस्मा गाउँपालिकाले गाउँ–गाउँमा दर्ता शिविर संचालन गरेको छ । नागरिकको व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा नेपाल सरकारको पहिलो प्राथमिकता हो । जसका लागि इस्मा गाउँपालिकाले विभिन्न कारणले छुटेकाहरुलाई टोलटोलमै पुगेर व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा विवरण संकलनको काम गरिरहेको छ । सोमबार इस्मा गाउँपालिका २ को छल्दी पनाहबाट शिविरको गाउँपालिका प्रमुख भगतसिंह खड्काले अभियानको शुभारम्भ गरे । अभियानलाई संवोधन गर्दै खड्काले दुई वटा महत्वपूर्ण व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमको सन्दर्भमा सेवा लिन र सूचना दिन झर्को नमान्न नागरिकलाई आग्रह गरे । उनले गाउँपालिकाका हरेक योजना निर्माणमा सवै विवरण आवश्यक भएकाले मागिका सूचना उपलब्ध गराउन र व्यक्तिगत घटना दर्ता गर्न छुटेकाहरुले घर नजिकैबाट सेवा प्राप्त गर्नु अनुरोध गरे ।

एक वडाका तीन स्थानमा शिविर

दर्ता शिविर प्रत्येक वडामा एक–एक दिन हुने छ । इस्मा गाउँपालिका २ मा असार १३ गते वडा कार्यालय छल्दीटारी, ताल्तुङ्ग र ठुला पँधेरामा शिविर हुनेछ । वडा नं १ मा असार १४ गते मल्दि, बाँझपोखरा र झर्ना तथा वडा नं ३ मा असार १५ गते ठाढुङ्गा, दर्लामचौर र टाकुरामा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमको विवरण संकलन हुने गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बलराम खनालले जानकारी दिए । त्यस्तै इस्मा गाउँपालिका वडा नं ४ मा असार १६ गते चैयाँ, कोटकोटेरी र छेडा वडा नं ५ मा असार १७ गते दरिनढुङ्गा, चाँपटारी र मैदान तथा वडा नं ६ मा असार १८ गते गहतेरा, कुखुरेखोला र अमरपुरमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा शिविर संचालन हुने खनालले बताए । उनले अझैपनि घटना दर्ताका बिषयमा नागरिक सचेत नभएकाले अभियान गाउँगाउँसम्म पुराउनुपर्ने अवस्था आएको बताए ।

व्यक्तिगत घटना दर्ता के हो ?

व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता मानिसका नीजि घटना स्थानीय पञ्जिकाधिकारीकोमा गै दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । घटना दर्ता जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्यु गरेर ५ प्रकारका हुन्छन् । वडा सचिव वा वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारीको सहमतिमा प्रमुख प्रशासकीय अधिकृतले तोकेको स्थानीय तहको कर्मचारीलाई स्थानीय पञ्जिकाधिकारी भन्ने गरिन्छ । जन्म दर्ता र बिबाह दर्ता जन्मिएको र बिहे भएको ३५ दिन भित्र सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतको वडा कार्यालयमा गै घटना दर्ता गर्न सकिन्छ ।

सम्बन्धविच्छेदको प्रमाणपत्र पति वा पत्नीले आफू बसोबास गरेको सम्बन्धित वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकमा गै बनाउन सकिन्छ । बसाइँसराइ गर्ने व्यक्तिले सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गै बनाउनुपर्छ । मृतकको मृत्यु सम्बन्धि कानुनी प्रमाण नै मृत्यु दर्ता प्रमाणपत्र हो । मृत्यु दर्ता गरेपछि मृतकसँगको आफ्नो नाता सम्बन्ध प्रमाणित गर्न सजिलो हुन्छ । सोही नाता प्रमाणितका आधारमा सम्पत्ति नामसारीर हस्तान्तरण लगायतका हक अधिकार हस्तान्तरण गर्न र मृत्युु तथा जनसंख्या सम्बन्धि तथ्यांक तयार पार्न एवं झुठा कामकारबाही नियन्त्रणका लागि समेत मृत्युु दर्ता गराउन आवश्यक छ । ३५ दिनभित्र घटना दर्ता गरिएन भने जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D