विवश विष्ट
गुल्मी, ३ फागुन । गुल्मीको मदाने गाउँपालिकामा रहेका एकल महिलालाई राहतस्वरुप सहयोग प्रदान गरिएको छ । आशिका फाउन्डेसनले मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदहमा सहयोग प्रदान गरेको हो ।
५ जना एकल महिला लागि राहात स्वरुप दाल ५ केजी, प्रती महिला ५० केजी चामल, २ लिटर तेल, २ केजी चिनि , च्यापति लगायतका राहात सामाग्री प्रदान गरिएको सामाजिक अभियन्ता तथा आशिका फाउन्डेसनकी आशिका तामाङले जानकारी दिइन । यो राहत फागुन महिनाको भनेर प्रदान गरिएको जनाईएको छ ।








