आशा अपांग केन्द्रद्वारा ५ जनालाई नि:शुल्क कृत्रिम हातखुट्टा बितरण

मनोज कार्की
गुल्मी, जेठ २० । आशा अपाङग केन्द्र गुल्मीले ५ जनालाई कृत्रिम हात खुट्टा बितरण गरेको छ । प्रदेश नं ५ समाज कल्याण मन्त्रालयको सहयोगमा केन्द्रले अपांगता भएका ब्याक्तिहरुलाई नि:शुल्क कृत्रिम हात खुट्टा बितरण गरेको हो ।

सोमबार सम्पन्न कृत्रिम हात खुट्टा बितरण कार्यक्रमबाट २ जनाले कृत्रिम हात र ३ जनाले कृत्रिम खुट्टा पाएका छन् । नि:शुल्क हात खुट्टा पाउनेहरुमा मुसिकोट नगरपालिकाकी ईश्वरी रिजाल, चन्द्रकोट गाउँपालिकाका होमनाथ गैरे, अर्घाखाँचीकी मानकुमारी सुनार, गुल्मी दरबार गाउँपालिकी गंगा पन्थी र राम बहादुर बिक रहेका छन् ।

बाँकी २ जनालाई भोली मंगलबार बितरण गरिने केन्द्रकी उपाध्यक्ष गंगा रामायझीले बताईन् ।

घुँडा भन्दा तलको खुट्टा ३५ हजार घुँडा भन्दा माथि ७५ हजार र हातको २५ हजार रुपैँया निर्माण लागत पर्ने केन्द्रका अर्थोपेडिसियन रोशन थापाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ