gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

आर्थिक अभावमा छटपटाई रहेका युवाको गुल्मी अस्पताले फर्काइदियो खुट्टा

अनिल खत्री
३० फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास आर्थिक अभावमा उपचार नपाएर छटपटाई रहेका एक युवाको उपचार भएको छ । एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका इस्मा गाउँपालिका वडानम्बर–५ का टोपबहादुर घर्तीको जिल्ला प्रशासन कार्यलय गुल्मीको समन्वयमा गुल्मी अस्पतालले निशुल्क उपचार गरेको हो ।

जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका घर्ती एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका थिए । उनलाई साहारा दिने घरमा कोही नभएकाले उपचारमा समस्या भएको थियो ।

ज्याला मजदुरीमा दैनीक बिताउदै आएका २६ बर्षिय टोप बहादुर घर्ती गुल्मी अस्पतालले निशुल्क उपचार गरेर जिवन दान दिएको छ । काम गरेर खाने उमेरमा उनको त्यो घाउले निकै चिन्ता थपिएको थियो ।

दैनिक ज्याला मजदुरी नगरेसम्म बिहान बेलुकी खर्च चलाउदै आएका थिए । घर्तीको एक्कासी जुत्ताले खुट्टामा सानो घाउ बनाएपछि ठूलो रुप ल्याएपछि समस्या आयो ।

सानो घाउमा धुलो सिमेन्टका कर्णहरु पस्दै गए त्यसपछि घाउले ठूलो रुप लिएको उनले बताए । खुट्टा सुनिदै गयो उनले भने, ‘घाउ पाक्दै जाँदा मासु खस्दै जान थाल्यो बल्ल उपचारमा आए’ ।

उपचार गर्न गुल्मी अस्पताल आएका घर्तिको सकेसम्म अनेत्र उपचार गर्न पठइएपनि आर्थिक अभावले सम्भव भएन । त्यस लगत्तै यहाँका महिला अधिकार कर्मी तारा पौडेल, जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले सहितले गुल्मी अस्पताका सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चालाई जसरी हुन्छ उपचार गर्नुस् भनेर आग्रह गरे ।

त्यस लगत्तै गुल्मी अस्पतालको टिमले घर्तिको झण्डै ३ महिनासम्म उपचार गरे । घाउ निको हुँदै गयो । विपन्न,तथा आर्थिक अबस्था कमजोर भएका घर्तिको ७५ दिनपछि गुल्मी अस्पताल बाट डिस्चार्ज भएका छन् ।

आर्थिक अभावले उपचार पर्खिरहेका घर्तीले निशुल्क उपचार पाएपछि पुर्नजीवन पाएको महशुस उनले गरेका छन् । अब काम गरेर खान सक्ने भएको छु घर्तिले भने, ‘यो अबस्थामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन्छु’ ।

घर्तिको घाउ चुनौतिपूर्ण भएपनि गुल्मी अस्पतालका सम्पूर्ण टिमका कारण उपचार सफल भएको मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चाले बताए । घाउको प्रकृति हेर्दा खुट्टा नै काटनु पर्ने अबस्थामा पुग्न थालि सकेको पच्चाले बताए ।

पिडित घर्तिलाई अस्पतालसम्म ल्याई सहयोग तथा दैनिक खटिएर उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले धन्यबाद दिए । विपन्न, तथा आर्थिक अबस्था कमजोर भएकै कारण उपचार नपाई छटपटाएर हिड्न नपरोस भनेर राज्यको तर्फबाट पहलकदमी लिएको पौडेलले बताए ।

घर्तिको उपचार पश्चात महिला अधिकार कर्मी, सरकारी तथा राज्यले पनि नागरिकको दुखःमा साहारा दिन्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D