gulminews logo
बिहीबार, २०८१ बैशाख ६

आमाको मृत्युमा बिचल्ली ४ सन्तानको उद्धार

अनिल खत्री
३० कात्तिक, गुल्मी । गुल्मीमा श्रीमानले आफनै श्रीमतिको हत्य गरेपछि बिच्चलीमा परेका ४ जना बालवालिकाको उद्धार भएको छ । गएको कात्तिक १५ गते जिल्लाको मदाने गाउँपालिका ६ पनाहा निवासी ३३ वर्षिय दुर्गा नेपालीले आफनै श्रीमती ३१ वर्षिय सिता नेपालीलाई हत्य पछि ४ सन्तान अभिभावक बिहिन भएका थिए ।

नेपालीका छोरा बर्ष ११ को बिपिन नेपाली,बर्ष ८ की बिपना नेपाली,बर्ष ५ को बिकास नेपाली,बर्ष २ को बिक्की नेपालीलाई आमाको मृत्यु र बुवा प्रहरी कारवासमा बसेकाले यतिबेला कस्ले हेरचाहा गर्ने खडकिएको थियो । आमाको मृत्यु र बुवा प्रहरी हिरासतमा र्भपछि केहि दिनको लागि मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी, गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुजनाथ पौडेलको सक्रियतामा केहि खाध्यन्न लत्ता कपडा व्यवस्था गरेर हेरचाहा हुँदै आएको थियो ।

तर शुक्रवार प्रजिअ पौडेल र गाउँपालिका अध्यक्ष केसी कै पहलमा ४ जना बालबवालिकाको उद्धार गरिएको हो । ४ जना बालवालिका एसो एस बालग्राम सानोठिमी काठमाडौंमा संरक्षण तथा लालन पानसँगै पठन पाठन गर्ने गरि काठमाडौंलाई हस्तातरण गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनले बिचल्लीमा परेका बालवालिकाको सम्पूर्ण कागजपत्र तयार गरेर भावि भबिश्य निर्माणको लागि जिम्मा लगाइएको बताए । बालवालिका १ छोरी र ३ छोरा रहेका छन् । बालवालिका मध्ये ३ जनाले स्थानिय धारचौर प्राबिमा पढ्दै आएका थिए र १ जना सानो भएकाले आमाको हेरचाहामा थिए । तत्कालको लागि बालवालिकाको हेरचाहा इलाका प्रहरी कार्यालयबाट गरिएको गुल्मीका प्रहरी उपरिक्षक एसपी) दिपककुमार बस्नेतले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D