gulminews logo
आईतवार, २०८१ बैशाख २३

आचार संहितालाई मजाको रुपमा नलिन मुख्य निर्वाचन अधिकृतको आग्रह

अनिल खत्री
३ कात्तिक, गुल्मी । दलहरुलाई निर्वाचन आचार संहितालाई मजाको रुपमा नलिन मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले आग्रह गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा निर्वाचन आचार संहिता बारे जानकारी गराउने कार्यक्रममामुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन आचार संहितको बारेमा सबै गम्भीर भएर पालन आग्रह गर्नुभयो ।

जिल्ला स्थित राजनितिक दल, कार्मचारी, पत्रकार लगायतको उपस्थितिमा राखिएको कार्यक्रममा कसैले निर्वाचन आचार संहितालाई मजाको रपमा लिएर उलंघन नगर्न शुल्झाउनु भयो । राजनितिक दल, कर्मचारी, पत्रकार, सञ्चार गृह आम नागरिककले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालन गर्नुपर्ने बताउनु भयो ।

जिल्लामा केहि मौखिक उजुरीहरु आइरहेकाले रित पूर्वक उजूरीहरु आए कानुन वमोजिम अगाडी बढ्ने मुख्य निर्वाचन अधिकृत पौडेलको भनाई छ । सबै पक्षको सहयोगमा निर्वाचन सम्पन्न हुनेभएकाले सबैले आचार संहिताको पालना गरेर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमा निर्वाचन आचार संहिता लागु भइसकेपछि कसले के गर्ने नगर्ने विषयमा जानकारी गराइएको थियो । आचार सहित अनुसार सामाजिक संजालहरु प्रयोगमा पनि ध्यानदिनुपर्ने बारेमा जानकारी गराइएको थियो ।

आचार संहिता अनुसार दलहरले मंसिर ४ गते हुने निर्वाचनमा कात्तिक १७ गतेबाट मात्रै निर्वाचन लक्षित भेला तथा प्रचार प्रसार गर्न पाउनेछन् । तर २५ जना भन्दा वढिको संख्या र निर्वाचन कार्यालयबाट स्वकृत लिएका सवारी साधन मात्रै चलाउन पाउने छन् । कार्यक्रममा सहभागिहरुले आचार संहिता पूर्ण रुपमा पालना गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्य निर्वाचन सभा रहेको गुल्मीमा ६२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

उम्मेदवारहरु यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन् । यसपटक अघिल्ला निर्वाचनमा जस्तो दलहरुको तामाझाम छैन् । निर्वाचन आचार संहिताको कारणले पनि दलहरु सानो संख्यामा मतदाताको घरदैलो मै मतमाग्न पुग्ने गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D